इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपाल (आइडिया नेपाल) को वार्षिक साधारण सभा हिजाे पौष २४ गते शनिबार काठमाडाैँस्थित लैनचौर ब्यान्केटमा एक कार्यक्रमकाबीच सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथी सहरी विकास मन्त्री माननीय रामकुमारी झाँक्रीले Interior Design क्षेत्रको प्रयोग र विकासको लागि सरकारले आवश्यक पाइलाहरु चाल्ने भनाइ राखेकी छिन् । कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा सराहनीय कार्य र योगदानको लागि रविन्द्र पुरीलाई विशेष सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो ।
कार्यक्रमको सभापतित्व गरेका आइडिया नेपालका अध्यक्ष बिन्द्रा प्रधानले आइडिया नेपाल Interior Design को उत्थान र प्रगतिको निम्ति लागि पर्ने र Interior Design प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताको जीवनशैली ,सामाजिक सभ्यता र कुनै पनि कार्यालय वा कार्यक्षेत्रको Productivity सँग सम्बन्धित विषयवस्तु भएको हुनाले सरकारले पनि नीति नियम बनाउँदा Interior Design सम्बन्धि विषयवस्तु पनि समग्रमा समावेश गर्न आग्रह गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस