Like us!
Follow us!
Connect us!
Watch us!
७१० कित्ता सम्मको आवेदनकर्तालाई गोलाप्रथबाट १० कित्ता

तपाईलाई छ्याङ्दीको हाइड्रोको आइपीओ कति पर्यो ? यहाँबाट हेर्नुहोस्

शनिबार, १७ असार २०७४, १९ : ०१ मा प्रकाशित

तपाईलाई छ्याङ्दीको हाइड्रोको आइपीओ कति पर्यो ? यहाँबाट हेर्नुहोस्

अर्थ संसार, काठमाडौं – छ्याङ्दी हाइड्रोपावरको साधारण सेयर (आइपीओ) शनिबार बाँडफाँट भएको छ । आइपीओमा ७१० कित्तासम्मका आवेदनकर्तालाई  गोलाप्रथाबाट १० कित्ता र त्यो भन्दा माथि आवेदन दिने सबैले समानुपातिक रुपमा सेयर पाएका छन् ।

सबैभन्दा बढी २७ सय कित्ता आवेदन दिनेले ३४ कित्ता सेयर हात पारेको कम्पनीको धितोपत्र तथा विक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

रितपूर्वक आवेदन दिने ९१ हजार ६९७ जना आवेदकमध्ये कुल ३२ हजार ८२४ जनाले सेयर पाएका छन् । सो आइपीओमा ३ अर्ब ७२ करोड रुपैयाँ भन्दा बढीकोे आवेदन परेको थियो ।

कम्पनीले जेठ १४ देखि १८ गतेसम्म ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यसमध्ये १० हजार ८०० कित्ता कर्मचारीलाई र २७ हजार कित्ता म्युचुअल फन्डलाई दिएर बाँकी रहेको सेयर आज बाँडफाँट भएको हो ।

आइपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुगेको छ । छ्याङ्दीको आइपीओपा कुल ९२ हजार ३८५ जनाले आवेदन दिएकोमा ६८८ जनाको आवेदन रद्द भएको छ ।

दुई दशकदेखि उच्च शैक्षिक नतिजा पस्कँदै आएको पिनाकल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको