Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको प्राविधिक विश्लेषणः RSI हालसम्मकै उच्च, अबको टार्गेट कति ?

बसन्त पाण्डे

बुधबार, २८ पुस २०७८, १२ : २३ मा प्रकाशित

निफ्राको प्राविधिक विश्लेषणः RSI हालसम्मकै उच्च, अबको टार्गेट कति ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। यो समाचार तयार पार्दासम्म यसको सेयर मूल्य ३७२.९० पुगेको छ। आइपिओ लिस्टिङ्ग भैसकेपछि भएका सुरुवाती कारोबारहरुमा धेरै दिनसम्म सर्किट हान्दै यसको मूल्य ७२६ रुपैयाँ सम्म पुगेको थियो भने त्यसपछि सेयर मूल्य झर्दै जाने क्रममा २६७ सम्म पुगेको  थियो।  

प्राविधिक रुपमा कस्तो देखिन्छ अवस्था ?

निफ्राको सेयर मूल्य ३०५ भन्दा माथि जाँदै गर्दा यसअघिको अल टाइम हाइ देखि २६८ सम्म आउँदा बनेको डिसेण्डिङ्ग ट्रेङ्गल प्याटर्नको डाउन ट्रेन्ड ब्रेक भएको थियो। त्यसपछि यसको कारोबार रकम पनि बढ्दै गएको देखिन्छ।  निफ्राको सेयर मूल्य ७२६ बाट लगातार घटेर २६८ मा आइपुगेको होइन। यो बिचमा धेरै वटा साना ठुला उतार चढावहरु आएका देखिन्छन।  यसअघि निफ्राले  तल चार्टमा देखिए जस्तै पटक पटक डाउन ट्रेन्डलाइ ब्रेक गर्ने प्रयास गरेको थियो तर सफल हुन सकेको थिएन।  तर यस पटक मूल्य ३०५ भन्दा माथि लाग्दै गर्दा त्यो बलियो रेसिस्टेन्स लाइनलाइ ब्रेक गरेर माथितिर क्यान्डल बनेको छ।  यो सर्वाधिक महत्वपुर्ण  कुरा हो।  

अन्य इन्डिकेटर हरुले के देखाईरहेका छन? 
RSI 

निफ्राको डेली चार्टमा RSI ७८ भन्दा माथि पुगेको छ।  यस अघि बजार मूल्य ७२६ पुग्दै गर्दा पनि RSI ७० भन्दा माथि जान सकेको थिएन।  ७८ भन्दा माथिको RSI ले एकदमै स्ट्रंग ट्रेन्डको संकेत गर्दछ।  बुलिश बजारमा RSI ९० भन्दा माथिसम्म पनि पुगेका प्रसस्त उदाहरणहरु रहेका छन।  त्यसैले आगामी दिनमा निफ्राको मूल्य अझै बढेर जाने संकेत RSI ले गरेको छ।  

MACD

MACD इन्डिकेटर सकारात्मक छ।  यसले निफ्राको सेयर मूल्य २८५ तिर हुँदै बाई सिग्नल दिइसकेको थियो।  अहिले MACD का हिस्टोग्रामहरु लामा लामा हुँदै गएका छन। जसले यसको सेयर मूल्यमा उच्च खरिद चाप रहेको संकेत गर्दछ।  

बुलिंगर ब्याण्ड 
बुलिंगर ब्याण्डभन्दा माथि क्यान्डल बनेको छ।  यसले केहि करेक्सन आउन सक्ने संकेत गर्दछ।  आगामी दिनहरुमा सानो करेक्सन पश्चात मात्रै निफ्राको सेयरमा ठुलो मुभ आउन सक्ने संकेत यसले गरेको छ।  

भोलुम, DMI, सुपरट्रेन्ड लगाएतका इण्डिकेटरहरुले सकारात्मक संकेत गरिरहेका छन। 

तत्कालको लागि निफ्राको टार्गेट कति ? 
यस अघिको उच्चतम  मूल्य र न्युनतम  मूल्यलाइ आधार मानेर फ़िबोनासी रिट्रेशमेन्ट लगाएर हेर्दा यसको पहिलो टार्गेट ४२३ को बिन्दुमा देखिन्छ भने ४२३ को बिन्दुलाई पनि क्रस गरेर बजार माथि जान सकेको खण्डमा यसको अर्को टार्गेट ४७० हुनेछ।  

61de798c251aa.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको