Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकले दिदैछ हकप्रद सेयर

आइतबार, १८ असार २०७४, १५ : २७ मा प्रकाशित

एभरेष्ट बैंकले दिदैछ हकप्रद सेयर

अर्थ संसार,काठमाडौ –एभरेष्ट बैंकले आजदेखि तीन शेयर बरावर एकको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

 बैंकले प्रति साधारण शेयर  रु १०० बराबरको दरले एक करोड ५० लाख ८८ हजार ८७ कित्ता अर्थात् रु १ अर्ब ५० करोड ८८ लाख ८ हजार ७०० सेयर जारी गर्न लागेको जनाएको छ ।

असार ६ गतेसम्म कायम भएका बैंकका शेयरधनीले साउन २२ गतेसम्म हकप्रद आवेदन दिन सक्नेछन्।
बैंकको हकप्रद शेयरको आवेदन एनआइविएल क्यापिटल मार्केट तथा एभरेष्ट बैंकको केन्द्रिय तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन पाइने बताइएको छ ।


बैंकको हालको चुक्ता पूँजी रु ४ अर्ब ५२ करोड रहेको छ । हकप्रदको निष्कासनपछि बैंकको चुक्ता पूँजी रु ६ अर्ब नाघ्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको