Like us!
Follow us!
Connect us!
Watch us!

डिस होमले आइपीओ खोल्दै, लगानीका लागि तयार रहनुस्

सोमबार, १९ असार २०७४, १७ : ४६ मा प्रकाशित

डिस होमले आइपीओ खोल्दै, लगानीका लागि तयार रहनुस्

अर्थ संसार, काठमाडौँ– डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणलाई लगानीका लागि आग्रह गर्ने भएको छ ।

डिस मिडिया प्रालिको नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कम्पनी लिमिटेडमा परिवर्तन भएको छ ।

डिस होमका बजार विभाग महाप्रवन्धक कल्याण अधिकारीले डिस होम प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा परिवर्तन भएको जानकारी दिए ।

‘हामी अब प्रालिबाट लिमिटेड कम्पनीमा परिवर्तन भएका छौ,’ उनले भने, ‘केही समय भित्रमा सर्वसाधारणलाई साधारण सेयर जारी गर्छौ ।’

कति रकमको आइपिओ जारी गर्ने भन्ने निर्णय भने अहिले भएको छैन । धितोपत्र बोर्डले यसअघि नै रियल सेक्टरका कम्पनीलाई प्रिमियम मुल्यमा आइपिओ जारी गर्न दिने जनाएको छ ।

नेपालमा सेटेलाइटको माध्यमबाट विभिन्न च्यानलहरु डाइरेक्ट टू होम (डिटिएच) प्रणाालीमार्फत टेलिभिजन सेवा प्रदान गर्ने कम्पनी हो ।टेलिभिजन सेवा प्रदायकको बजारमा डिसहोमको बजार हिस्सा करिब ३५ प्रतिशत छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको