Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रियस्तरका विकास बैंकको नाफा १६ प्रतिशतले बढ्यो

पत्रपत्रिका

मंगलबार, ११ माघ २०७८, ०६ : २३ मा प्रकाशित

राष्ट्रियस्तरका विकास बैंकको नाफा १६ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका आठओटा विकास बैंकको नाफा १६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ ।

विकास बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका विकास बैंकहरू गरिमा, महालक्ष्मी, लुम्बिनी, मुक्तिनाथ, ज्योति, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा, सांग्रिला डेभलपमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमाससम्म रू. ३ अर्ब २० करोड १७ लाख नाफा कमाएका छन् । गतवर्षको सोही अवधिमा यी बैंकको नाफा रू. २ अर्ब ७३ करोड ९४ लाख रहेको थियो ।

यी ८ विकास बैंकको नाफामा वृद्धि भएको भए पनि वितरणयोग्य नाफामा भने कमी आएको छ । गतवर्षको दोस्रो त्रैमाससम्मको तुलनामा कामना, ज्योति र मुक्तिनाथको वितरणयोग्य नाफा उच्च दरले घटेकाले ८ विकास बैंकको वितरणयोग्य नाफामा कमी देखिएको हो । यी आठओटा विकास बैंकको गतवर्ष कुल रू. १ अर्ब ७४ करोड ८० लाख वितरणयोग्य नाफा भएकोमा यो वर्ष घटेर रू. १ अर्ब ६९ करोड ८६ लाखमा झरेको छ ।

यो गतवर्षको सोही अवधिको तुलनामा २ दशमलव ८२ प्रतिशतले कमी हो । 

राष्ट्रिय स्तरका आठओटा विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने पहिलो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकको नाफा गतवर्षको तुलनामा घटेको छ । यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा रू. ६१ करोड ५५ लाख नाफा कमाएको थियो । मुक्तिनाथले ८ विकास बैंकहरूको तुलनामा सबैभन्दा बढी नाफा कमाएको छ । तर, गतवर्ष कमाएको नाफाभन्दा चालू आवमा यो बैंकको नाफा २ दशमलव १४ प्रतिशतले घटेको छ ।

दोस्रोमा सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । गरिमाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म्मा रू. ४९ करोड २९ लाख नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा यो बैंकको नाफा रू. ३९ करोड ३५ लाख रहेको थियो । गतवर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकको नाफा २५ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको