Like us!
Follow us!
Connect us!
Watch us!

गरिब प्रदेशका धनी मुख्यमन्त्रीः ८ ठाउँमा जग्गा, १३ हजार कित्ता साधारण सेयर

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, ०८ : ५९ मा प्रकाशित

गरिब प्रदेशका धनी मुख्यमन्त्रीः ८ ठाउँमा जग्गा, १३ हजार कित्ता साधारण सेयर

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सम्पती विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको वित्तिय विवरण अनुसार शाहीका नाम विभिन्न ८ ठाउमा जग्गा, २ घर र ३ कम्पनीको सेयर रहेको खुलाइएको छ । 

हुम्ला, बाँके र काठमाडौंमा घरजग्गा छ। मुख्यमन्त्री शाहीको नाममा हुम्लाको सिमकोटमा ७२३.७५ वर्गमिटर जग्गा र घर रहेको उल्लेख छ। काठमाडौं महानगरपालिका १६ मा ३३०.७५ वर्गमिटर जग्गा र त्यसमा घर साथै हुम्लाको खार्पुनाथमा २१५ रोपनी जग्गा पनि छ। बाँकेको खजुरामा २ विघा जग्गा मुख्यमन्त्री शाहीको नाममा छ । उनका नाममा नेपालगञ्जमा पनि जग्गा रहेको छ तर त्यहाँ कति जग्गा छ भन्ने खुलाइएको छैन । त्यस्तै पत्नी बसन्तीका नाममा हुम्लाको सिमकोटमा ५४८.२५ वर्गमिटर जग्गा र घर छ। साथै काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ मा २४ लाखमा खरिद गरिएको जग्गा पनि छ। व्यापार तथा व्यवसायबाट प्राप्त आम्दानीबाट यी जग्गा र घर जोडेको उनले खुलाएका छन् ।

त्यसैगरी मुख्यमन्त्री शाहीका नाममा १३ हजार कित्ता साधारण सेयर रहेको छ। जसमध्ये चिलिमे जलविद्युत् आयोजनाको २ हजार ६०० कित्ता, ज्योति विकास बैंकको १० हजार कित्ता र कृषि विकास बैंकको ४०० कित्ता रहेको छ ।

उनले बैंक खातामै ७७ लाख रूपैयाँ रहेको देखाएका छन् भने एक करोड ७२ लाख ऋण देखाइएको छ व्यक्तिसँग ४० लाख र ज्योति विकास बैंकमा १ करोड ३२ लाख रुपैयाँ ऋण रहेको जुन अहिले किस्तामा तिरिरहेको उल्लेख गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको