Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको नाफामा उछालः रिजर्भमा छलाङ, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, १२ माघ २०७८, ०६ : ५५ मा प्रकाशित

मिर्मिरे लघुवित्तको नाफामा उछालः रिजर्भमा छलाङ, प्रतिसेयर आम्दानी कति ?

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड १६ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६१.८७ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ७ करोड ५१ लाख ४१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ५८.७० प्रतिशतले बढेर २८ करोड ४५ लाख ४८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १७ करोड ९२ लाख ९० हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ६१.८७ प्रतिशतले बढेर १९ करोड ३० लाख ७० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ११ करोड ९२ लाख ७२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ र जगेडा कोषमा ४४ करोड ८४ लाख ३२ हजार रुपैयाँ सञ्चित रहेको छ जुन गत बर्ष २० करोड ५४ लाख ९० हजारमा सिमित थियो । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ५५ रुपैयाँ ९१ पैसामा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

61f0a085796de.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको