अर्थ संसार, काठमाडौं – सेन्चुरी कमर्सियल बैंकले आफ्ना लगानीकर्तालाई ४० प्रतिसत हकप्रद सेयर दिने भएको छ । बैंकले हकप्रद बिक्री गर्न असार २७ गते बुक क्लोज गर्ने भएको छ ।
यसआधारमा असार २६ गतेसम्म कायम सेयरधनीले मात्र सेन्चुरीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सामान्यतयः बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद दाबी गर्न पाउने प्रावधान छ ।
सेन्चुरीले ४० प्रतिशत हकप्रद ल्याउन लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बैंकले १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
सेन्चुरीको यो हकप्रदमा सिभिल क्यापिटल मार्केट लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने कसरतमा रहेको सेन्चुरी ४० प्रतिशत हकप्रदको बाटो रोजेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस