Like us!
Follow us!
Connect us!
Watch us!
३ अंकले घटेको बजारमा ३७ करोडको कारोबार

सेयर बजार फेरी घट्यो

मंगलबार, २० असार २०७४, १५ : ४७ मा प्रकाशित

सेयर बजार फेरी घट्यो

अर्थ संसार, काठमाडौं– सोमबार सामान्य अंकले बढेको नेपाल स्टक एक्स्चेन्ज (नेप्स) (आज) मंगलबार  भने ३.०१ अंकले घटेको छ ।  

जम्मा १ सय ४२ वटा कम्पनीको ६ लाख ६४ हजार २ सय ९१ कित्ता सेयर खरिदविक्री हुँदा ३७ करोड ५९ लाख ७६ हजार ४ सय ९० रुपियाँको कारोबार भएको छ ।

 यस दिन होटल १५.३४ अंक र फाइनान्स ०.११ अंकले बढेको छ । यता बैंक २.०६ अंक, डेभलपमेन्ट बैंक ४.०१ अंक, हाइड्रोपावर १३.४८ अंक, इन्स्योरेन्स ३३.३६ अंक र उत्पादन ३.२६ अंकले घटेको छ ।

आज फर्वाट कमिनिटी माइक्रोफाइनान्स वित्तिय संस्था, गोहेस्वरी मर्चेण्ड बैंक एण्ड फाइनान्स, एभरेष्ट बैंक लिमिटेडमा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानीको केही प्रतिशत कमाउन सफल भएका छन् ।

यता सिर्जना फाइनान्स, कुमारी बैंक आदिमा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी केही प्रतिशतले गुमाएका छन् ।  सामान्य अंकले घटेको बजारमा  कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 
 

595b6d75e983d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको