Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कारोबारको रकम दुई दिन भित्रै दिनुपर्ने वाध्यकारी व्यवस्था

मंगलबार, २० असार २०७४, १८ : ०८ मा प्रकाशित

सेयर कारोबारको रकम दुई दिन भित्रै दिनुपर्ने वाध्यकारी व्यवस्था

अर्थ संसार,काठमाडौँ– सेयर कारोबार गर्दा लामो समयसम्म रकम नपाएर तपाई हैरान हुनु भएको छ भने अबदेखि त्यस्तो नहुने भएको छ ।

नयाँ व्यवस्थाअनुसार अब सेयर कारोबार गर्दा दुई कार्य दिन भित्रै रकम उपलब्ध गराउनुपर्नेछ । सेयर खरिद गर्दा वा बिक्री गर्दा कारोबार गरेको दुई कार्य दिन भित्रै रकम बुझाउनु पर्ने नयाँ नियम सिडिएस एण्ड क्लियरिङ्ग लिले व्यवस्था गरेको छ ।

 धितोपत्र कारोबार भएको दुई कार्यदिन भित्र धितोपत्र बिक्री गर्ने लगानीकर्ताहरुले धितोपत्र तथा खरिद गर्ने लगानीकर्ताहरुले धितोपत्र खरिद बापतको रकम  बुझाईसक्न निर्देशन जारी गरेको छ ।
 
 सिडिएससिका अनुसार बुधबार २१ गते देखि नै यो व्यवस्था लागू गरिने जनाईएको छ ।तोकिएको समयावधी भित्र आफ्नो दायित्व पूरा गर्न नसकी कारवाहीमा परेमा सम्बन्धित लगानीकर्ता आफैं नै जिम्मेवार हुने कम्पनीले बताएको छ ।

साथै राफसाफ सदस्यहरु तथा निक्षेप सदस्यहरुले समेत लगानीकर्ताहरुलाई मर्का नपर्ने गरी कार्यविधिमा तोकिए बमोजिम आफ्ना दायित्व पूरा गर्न पनि निर्देशन दिएको छ ।

सिडिएससिले गत आइतबारदेखि नेप्सेमा भएको कारोबारको राफसाफ तथा फछ्र्यौट मल्टीपल क्लियरिङ बैंक मार्फत नेट सेटलमेन्ट प्रणाली अनुसार गर्दे आएको छ ।

राफसाफ बैंक तथा नेटिङ्ग प्रणाली मार्फत् गरिने अभौतिक धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यविधि, २०७४ बमोजिम यो व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवाको अन्तरवार्तामाथि जनताको चर्काे टिप्पणी

सेयर बजार फेरी घट्यो

नेप्सेमा तीन विकास बैंकको सेयर सूचिकृत, कसको कति ?

नागवेली र आरएसडिसी लघुवित्तको सेयर सूचिकृत

सिन्धुपाल्चोकमा ४३ मेगावाटको अपर नेशम हाइड्रो बन्दै,स्थानीयलाई दश प्रतिशत सेयर सुनिश्चित

मुग्लिन नारायणगढ सडक खण्डमा राती सवारी नचलाउन संसदीय समितिको निर्देशन

तीन महिनाभित्र काठमाडौँको अव्यवस्थित तार हटाउन संसदीय समितिको निर्देशनतीन महिनामा सम्भव छैन सरोकारवाला

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको