Like us!
Follow us!
Connect us!
Watch us!
आजदेखि सिडिएस एण्ड क्लियरिङ्ग नियम लागू

सेयर किनबेच गर्दै हुनुहुन्छ ? बैंकको खाता चेक गर्नुहोस्, नत्र कारबाहीमा पर्नुहोला

बुधबार, २१ असार २०७४, ०५ : ०० मा प्रकाशित

सेयर किनबेच गर्दै हुनुहुन्छ ? बैंकको खाता चेक गर्नुहोस्, नत्र कारबाहीमा पर्नुहोला

अर्थ संसार,काठमाडौँ– सेयर कारोबार गर्दा लामो समयसम्म रकम नपाएर तपाई हैरान हुनु भएको छ भने अबदेखि त्यस्तो नहुने भएको छ ।

नयाँ व्यवस्थाअनुसार अब सेयर कारोबार गर्दा दुई कार्य दिन भित्रै रकम उपलब्ध गराउनुपर्नेछ । सेयर खरिद गर्दा वा बिक्री गर्दा कारोबार गरेको दुई कार्य दिन भित्रै रकम बुझाउनु पर्ने नयाँ नियम सिडिएस एण्ड क्लियरिङ्ग लिले व्यवस्था गरेको छ ।

 धितोपत्र कारोबार भएको दुई कार्य्दिन भित्र धितोपत्र बिक्री गर्ने लगानीकर्ताहरुले धितोपत्र तथा खरिद गर्ने लगानीकर्ताहरुले धितोपत्र खरिद बापतको रकम  बुझाईसक्न निर्देशन जारी गरेको छ ।
 
 सिडिएससिका अनुसार आजदेखि (बुधबार २१ गते) नै यो व्यवस्था लागू गरिने जनाईएको छ ।तोकिएको समयावधी भित्र आफ्नो दायित्व पूरा गर्न नसकी कारवाहीमा परेमा सम्बन्धित लगानीकर्ता आफैं नै जिम्मेवार हुने कम्पनीले बताएको छ ।

साथै राफसाफ सदस्यहरु तथा निक्षेप सदस्यहरुले समेत लगानीकर्ताहरुलाई मर्का नपर्ने गरी कार्यविधिमा तोकिए बमोजिम आफ्ना दायित्व पूरा गर्न पनि निर्देशन दिएको छ ।

सिडिएससिले गत आइतबारदेखि नेप्सेमा भएको कारोबारको राफसाफ तथा फछ्र्यौट मल्टीपल क्लियरिङ बैंक मार्फत नेट सेटलमेन्ट प्रणाली अनुसार गर्दे आएको छ ।

राफसाफ बैंक तथा नेटिङ्ग प्रणाली मार्फत् गरिने अभौतिक धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कार्य्विधि, २०७४ बमोजिम यो व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको