Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमा लगानीकर्तालाई खुसीको खबर : अन्तर बैंक क्लियरिङ शुल्क घट्यो

बुधबार, २१ असार २०७४, १४ : ४३ मा प्रकाशित

सेयरमा लगानीकर्तालाई खुसीको खबर : अन्तर बैंक क्लियरिङ शुल्क घट्यो

अर्थ संसार, काठमाडौँ– सेयरमा लगानी गरिहरनु भएको छ र तपाईले अन्तर बैंक क्लियरिङ शुलक बढी तिर्दा तिर्दा हैरान हुनुभएको छ ।

त्यस्तो समस्यामा पर्दै आउनु भएको छ भने अब त्यो समसया केही हदसम्म समाधान हुने भउको छ ।

आगामी साउन १ देखि लागु हुनेगरी अन्तर बैंक क्लियरिङ शुल्कमा समायोजन भएको छ ।
पश्चात् क्लियरिङ्ग हाउसले आफ्नो कारोबारमा शुल्कको सिमा आधारमा २ रुपैयाँदेखि रु १५ सम्म कायम गरेको छ ।

विदेशी मुद्रा कारोबारको हकमा कारोबार शुल्क  रु १५ राखिएको छ । हाल रु  २ देखि रु एक सय सम्म शुल्क रहेको थियो ।

कम्पनीको नया व्यवस्था अनुसार नेपाली मुद्राको कारोबार सिमा  ५०० सम्म शुल्क रु २, ५ सय देखि देखि ५ हजारसम्म शुल्क रु ५ छ । यस्तै ५ हजार देखि ५० हजारसम्म रु १० र ५० हजार माथिको कारोबार रु १५ शुल्क लाग्ने छ ।

यो पनि पढ्नुहोस

सेयर किनबेच गर्दै हुनुहुन्छ ? बैंकको खाता चेक गर्नुहोस्, नत्र कारबाहीमा पर्नुहोला, आजदेखि सिडिएस एण्ड क्लियरिङ्ग नियम लागू

राष्ट्र बैंकले दियो जनता बैंकसँग गाभिन सिद्दार्थ डेभलपमेन्ट बैंकलाई स्वीकृती 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको