Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बजारमा हरियो झण्डा , अझै आकर्षित हुन सकेनन् लगानीकर्ता

बुधबार, २१ असार २०७४, १६ : २२ मा प्रकाशित

धितोपत्र बजारमा हरियो झण्डा , अझै आकर्षित हुन सकेनन् लगानीकर्ता

काठमाडौँ, धितोप बजारलाई आज भने हरियो झण्डाले स्वागत गरेको छ । सधै ओरालो लाग्ने त कहिले भने सामान्य अंकले बढ्दै दोहारी खेल्दै आएको बजारले आज भने लगानीकर्तालाई सामान्य रुपमा राहत दिएको छ ।

तर लगानीकर्ताले सोचेजस्तो प्रतिफल पाउने गरी आज पनि बजार भने बढ्न सकेन । धितोपत्र दलाल व्यावसायीले मूल्य अभिवृद्धि कर तिर्ने कि नतिर्ने भन्ने सम्बन्धमा रहेको विवादको उचित निरुपण नभइसकेको अवस्थामा धितोपत्र बजारमा आज देखिएको सामान्य वृद्धिले कुनै प्रभाव नपार्ने विश्लेषकहरुको भनाइ छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार आज दोहोरो अंकले उकालो लाग्ने अनुमान गरिएको बजार पुगनपुग दोहोरो अंकमा पुग्ने प्रयासमा रहेपनि दुई बजेपछि बजार अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको बताइन्छ ।  

आज सेयर बजार झन्डै  १० अंकले बढेको छ । उत्पादन समुह र होटल  बाहेक अरु सबै समुहमा हरियाली छाएको छ । उत्पादन समूह ३.२६ बिन्दुले र होटल समूह  ६.३१ बिन्दुले घटेका छन् ।

आज बैंक ९.९४ अंक, विकास बैक १४.०८ अंक, जलविद्युत् २०.२६ अंक,  वित्त क्षेत्र  २.०८, बीमा  ५०.०६ अंकले बढेको छ ।

कुल  १३८ वटा कम्पनीको १० लाख ७९ हजार ५ सय ७६ वटा सेयर कित्ता किनबेच हुदा रु ४८ करोड २९ लाख ८४ हजार २ सय ९४ को कारोबार भएको स्टकले जनाएको छ । यस्तै   क वर्गको कम्पनीको सेयर मापन गर्ने सेन्सेटीभ  परिसुचक २.१२ अंकले बढेको छ ।

यो पनि पढ्नुहोस

सेयरमा लगानीकर्तालाई खुसीको खबर : अन्तर बैंक क्लियरिङ शुल्क घट्यो 

सेयर किनबेच गर्दै हुनुहुन्छ ? बैंकको खाता चेक गर्नुहोस्, नत्र कारबाहीमा पर्नुहोला, आजदेखि सिडिएस एण्ड क्लियरिङ्ग नियम लागू

राष्ट्र बैंकले दियो जनता बैंकसँग गाभिन सिद्दार्थ डेभलपमेन्ट बैंकलाई स्वीकृती 

काठमाडौँबासी सधै धुलोको मारमा : प्राधिकरणले फेरी भत्काउँदै सडक 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको