Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई खुसीकोको खबर : नेप्सेले भदौदेखि अत्याधुनिक अनलाइन कारोबार गर्दै

बुधबार, २१ असार २०७४, १९ : ०१ मा प्रकाशित

लगानीकर्तालाई खुसीकोको खबर :  नेप्सेले भदौदेखि अत्याधुनिक अनलाइन कारोबार गर्दै


अर्थ संसार,काठमाडौँ– नेपाल स्टक एक्चेन्जले आगामी भदौदेखि स्वचालित अनलाइन प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने भएको छ ।

स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको वाइको प्रालीले आगामी भदौदेखि सो प्रणालीलाई परिक्षणमा लैजाने गरी कार्य अगाडि बढाएको जनाएको छ ।

कम्पनीका व्यवस्थापन सञ्जय चौधरीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलिया र उच्च अधिकारी समक्ष परियोजनाको प्रगतिका बारेमा जानकारी दिएको हो ।

प्रस्तावित प्रणालीको विभिन्न मोडलमा समानान्तर ढंगले काम भइरहेको र आगामी कात्तिकको तेस्रो साताबाट प्रयोगकर्ताले नयाँ प्रणालीबाट कारोबार गर्न सक्ने भएको नेप्सेले जनाएको छ ।

चौधरीले कारोबार, राफसाफ तथा फछ्र्यौट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापनलगायतका प्रस्तावित प्रणालीमा रहेको विभिन्न मोडलहरुको विकास कुन चरणमा छ भन्ने समेत जानकारी गराएका थिए । उनले प्रस्तावित प्रणालीका लागि आवश्यक हार्डवेयर उपलब्ध गराइसकेको र निर्धारित समयभित्रै अल्फा बिटा परिक्षण गर्ने समेत उनले बताउका थिए ।

नेप्सेका कार्यकारी अधिकृत थपलियाले प्रणालीको विकासमा संलग्न टोलीको कार्यप्रगति प्रति सन्तोष व्यक्त गर्दै आवश्यक सहयोग गर्ने बताए ।

उनले लगानीकर्ता पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको व्यग्र प्रतिक्षामा रहेको र यथासक्य छिटो नयाँ प्रणाली सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए ।

यस अघि वाइकोले नेप्से, सदस्य दलाल तथा लगानीकर्ता समक्ष परियोजनाको वृहद खाका प्रस्तुत गरेको र अनलाइन टेड्रिङ प्रणालीको आवश्यक रुपमा समन्वय गरेको समेत नेप्सेले जनाएको छ ।

सेयर किनबेच गर्दै हुनुहुन्छ ? बैंकको खाता चेक गर्नुहोस्, नत्र कारबाहीमा पर्नुहोलाआजदेखि सिडिएस एण्ड क्लियरिङ्ग नियम लागू

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको