Like us!
Follow us!
Connect us!
Watch us!
कात्तिक २१ गतेदेखि अनलाईन प्रणाली

आधुनिकिकरण हुदै सेयर बजार

शुक्रबार, २३ असार २०७४, १९ : ११ मा प्रकाशित

आधुनिकिकरण  हुदै सेयर बजार

अर्थ संसार, काठमाडौं–  धितोपत्र बजारलाई आगामी कात्तिकदेखि पूर्ण रुपमा स्वचालित अनलाइन प्रणालीमा सञ्चालन हुने भएको छ । नेप्सेले आज पत्रकार सम्मेलनको आयोजना गरेर सोको जानकारी दिएको हो ।

आफ्नो कार्यकाल सकेर बिदा हुँदै गर्दा नेप्सेका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले सेयर बजार पूर्ण रुपमा अनलाइन प्रणालीमा जाने जानकारी गराउनुभएको थियो ।

थपलियाको चार बर्षे कार्यकाल यहि असार २४ गते शनिबार सकिदैछ । पत्रकार सम्मेलनमा थपलियाले आगामी आ.व. को प्रथम त्रैमासभित्रै नेप्सेले नयाँ सिस्टम प्राप्त गर्ने र परीक्षणमा लग्ने बताए । परिक्षण पश्चात २०७४ कात्तिक २१ बाट नयाँ प्रणाली कार्यान्वयनमा आउने बताए ।
 
नेप्सेले पूर्ण स्वचालित अनलाइन प्रणालीको स्थापनाको लागि सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार वाईको कम्पनीसंग २०७२ फागुनमा सम्झौता गरको भएपनि ०७२ फागुन २८ धितोपत्र बोर्डको पत्र पछि सफ्टवेयर निर्माता कम्पनी वाईको मुद्दा मामिलामा लागेकाले अनलाइन प्रणाली स्थापनामा ढिलाई भएको प्रष्टिकरण दिए ।

थपलियाले आफ्नो कार्यकालमा सूचीकृत धितोपत्रहरुको कारोबार अभौतिकृत रुपमा गराउन सुरु गरेको, सिडिएस एन्ड क्लियरिङ लि. नियमित सञ्चालन, रिमोट वर्क स्टेस्शन(ग्रामीण क्षेत्रमा ब्रोकर शाखा ) विस्तार लगायतमा महत्वपूर्ण काम भएको बताए ।

कागजी धितोपत्र कारोबारेको अन्त्यसँगै पूर्वमा बिर्तामोडदेखि पश्चिममा धनगढी एवं पहाडी सहर बाग्लुङ र बेशीसहरसम्मका लगानीकर्ताको पहुँच दोस्रो बजार पुग्न सकेको उनको भनाई थियो ।

थपलियाले आफ्नो चारबर्षे कार्यकालमा ओटिसी मार्केटलाई अटोमेटेड गराउने, क्लियरिङ कर्पोरेशन स्थापना गर्ने, नेप्सेको नीजिकरण र रणनीति साझेदार भित्र्याउने, ट्रेड ग्यारेन्टी फण्ड र अक्सन मार्केटको विस्तार गर्न नसकिएको उल्लेख गरे ।

यसका साथै नेप्सेमा आइतबारबाट प्रमुख कार्यकारी अधिकृतको पद खाली हुने भएको छ । यो पदका लागि बजारमा बैंकरदेखि व्यवसायीले इच्छा देखाइरहेका छन । थपलियाले समेत नेप्सेका प्रमुख कार्यकारी दोहोर्याउन चाहेको पनि बुझिएको छ ।

धितोपत्र बजारको विकास र विस्तारका लागि नेप्सेमा नयाँ सिईओ को आउँला यो आमलगानीकर्ता र सरोकारवालाई निक्कै चासोको बिषय समेत बनेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको