Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रोले करिब चार लाख कित्ता आइपीओ गर्दै

शुक्रबार, २३ असार २०७४, १९ : ३४ मा प्रकाशित

नेपाल हाइड्रोले करिब चार लाख कित्ता आइपीओ गर्दै

अर्थ संसार, काठमाडौँ– नेपाल हाइड्रो डेभलपर लिमिटेडले केही आगामी केही दिन भित्रै साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि तीन लाख ९० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको हो ।
सेयर निस्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट आज मात्रै अनुमति पाएको हो  ।

कम्पनीले रु एक सय रुपैयाँ अंकित दरको रु तीन करोड ९० लाख बराबरको तीन लाख ९० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

हाइड्रोले यसअघि मंसिर २६ गतेदेखि पुस १० गतेसम्म दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई दुई लाख ६० हजार आइपीओ बिक्री गरि बाँडफाँड गरिसकेको छ। सर्वसाधरणलाई सेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।

दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको कम्पनीको हाल अधिकृत पूँजी ६० करोड रुपैयाँ रहेको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको