Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा

शनिबार, २४ असार २०७४, १८ : ३८ मा प्रकाशित

साताको सेयर बजार : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा

अर्थ संसार, काठमाडौं– धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १६२ कम्पनीको  ७० लाख २३ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएको हो । गत साता १६० कम्पनीको कारोबार भएको थियो ।

गत साता रु एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरका ३४ लाख १४ हजार ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२९ अङ्कले बढेर अन्तिम दिन एक हजार ५८२.११ अङ्कमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.१७ अङ्कले बढेर ३३६.१ अङ्कमा आईपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

सो कम्पनीको रु २१ करोड १५ लाख २० हजार को कारोबार भएको स्टकले जनाएको छ । यस्तै कारोबार भएको सेयर संख्याको आधारमा एनआइबिएल समृद्धि फन्ड एक अग्रस्थानमा रहेको छ । सो फन्डको ११ लाख २० हजार कित्ता सेयर कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको