Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल माईक्रोफाइनान्सको हकप्रद आजदेखि बजारमा, यहाँबाट आवेदन दिनुहोस्

आइतबार, २५ असार २०७४, १० : ५८ मा प्रकाशित

रिलायबल माईक्रोफाइनान्सको हकप्रद आजदेखि बजारमा, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं– आजदेखि रिलायबल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर बजारमा निष्काशन भएको छ ।

फाइनान्सले २ बराबर १ अनुपात (५० प्रतिशत) हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले निष्काशन गरेको २ लाख ८२ हजार ५ सय कित्ता हकप्रद सेयर साउन २९ गतेसम्म आवेदन दिन सकिन्छ ।

कहाँबाट दिने आवेदन ? रिलायबल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हकप्रद निष्काशनको लागि निष्काशन तथा विक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स रहेको छ ।

हकप्रदको आवेदन सिभिल क्यापिटल मार्केट सुन्धारा, रिलायवल डेभलपमेन्ट बैंक ज्ञानेश्वर र यो माइक्रोफाइनान्सको सबै कार्यालयबाट दिन सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको