Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सको पाँच साधारणसभा एकैपटक, हकप्रद सेयर आउँदै

आइतबार, २५ असार २०७४, ११ : ५५ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सको पाँच साधारणसभा एकैपटक, हकप्रद सेयर आउँदै

अर्थ संसार, काठमाडौं – एभरेष्ट इन्स्योरेन्सको साधारण सभाले २० प्रतिशत बोनस शेयर पारित गरेको छ । शुक्रबार सम्पन्न १८औँ, १९औँ, २०औँ, २१औँ र २२औँ सभाले उक्त लाभांश पारित गरेको हो।

बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु १२ करोड १५ लाख पुगेको छ । उक्त पूँजीमा एक अनुपात छ को दरमा हकप्रद शेयर निष्काशनको प्रस्ताव पनि पारित सभाले पारित गरेको छ।

त्यस अनुरुप अब कम्पनीको चुक्ता पूँजी रु ८५ करोड हाराहारी पुग्नेछ । त्यसमा थप बोनस शेयर दिएर एक बर्ष भित्र बीमा समितिले तोके बमोजिम रु एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने कम्पनीको लक्ष्य छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा हालै कमल गौतमलाई नियुक्त गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको