Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोको ३१ लाख बढी कित्ता एफपिओ आउँदै

आइतबार, २५ असार २०७४, १३ : १५ मा प्रकाशित

अरुण भ्याली हाइड्रोको ३१ लाख बढी कित्ता एफपिओ आउँदै

अर्थ संसार, काठमाडौँ– अरुण भ्याली हाइड्रने पावर डेभलपमेन्ट कम्पनीले ३१ लाख ५७ हजार ८८३ कित्ता एफपिओ जारी गर्ने भएको छ ।

कम्पनीले नेपाल स्टक एक्चेन्जलाई उपलब्ध गराएको जानकारीअनुसार प्रिमियममा एफपिओ जारी गर्नका लागि धितोपत्र बोर्डबाट जारी भएको नयाँ निर्देशिकाअनुसार धितोपत्र मूल्यांकनकर्ताबाट प्राप्त रु १०० को अंकति मूल्यमा प्रिमियम वापत रु २०१ थप गरी रु ३०१ का दरले जारी गर्ने तयारी गरिएको छ ।

कम्पनीको यही असार २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल स्टकले सो कम्पनीको एफपिओ जारी गर्ने सम्बन्धी जानकारी आफुलाई जानकारी गराएको बताएको छ ।

कम्पनीले उपलब्ध गराएको सूचनाका आधारमा स्टकले आज एफपिओ जारी गर्ने सम्बन्धी सूचना आम नागरिकलाई प्रकाशित गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको