Like us!
Follow us!
Connect us!
Watch us!
नेप्से सामान्य, कारोबार भने उच्च

आजको सेयर बजार : मौद्रिक नीतिलाई हरियो झण्डाले स्वागत

आइतबार, २५ असार २०७४, १५ : २० मा प्रकाशित

आजको सेयर बजार : मौद्रिक नीतिलाई हरियो झण्डाले स्वागत

अर्थ संसार, काठमाडौं–  नेपाल राष्ट्र बैंकले आर्थिब वर्ष २०७४/७५  को  सार्वजनिक गरेको  मौद्रिक नीतिलाई नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले भरियो झण्डाले स्वागत गरेको छ ।

  नेप्से सामान्य अंकले बढेपनि कारोबार  ह्वात्तै बढेको छ । २.०४ अंकले बढेको सेयर बजारमा  एक अर्ब १२ करोड ६८ लाख २ हजार २ सय ९ रुपियाँको कारोबार भएको छ ।

१ सय ४९ वटा कम्पनीको २६ लाख ८७ हजार १ सय ६४ कित्ता सेयर खरिद विक्री भएको छ ।  आज  बैंक ८.१६ अंक र फाइनान्स २.३७ अंकले बढेको छ ।

यता होटल २८.१४ अंक, विकास बैंक ११.६२ अंक, हाइड्रोपावर ८.०७ अंक, इन्स्योरेन्स २१.१८ अंक, उत्पादन १२.१३ अंक र अनय १.१६ अंकले घटेको छ । समान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

5961fd4e3574b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको