Like us!
Follow us!
Connect us!
Watch us!
९ अंकले घटको बजारमा ६९ करोडको कारोबार

सेयर बजारलाई मौद्रिक नीतिले छोएन

सोमबार, २६ असार २०७४, १५ : ३८ मा प्रकाशित

सेयर बजारलाई मौद्रिक नीतिले छोएन

अर्थ संसार, काठमडौं– नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको आर्थिक वर्ष २०७४/७५ मौद्रिक नीतिको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने लगानीकर्ताको अनुमान थियो । तर, यस्तो देखिएन ।

मौद्रिक नीति जारी गरेको दिन (आईतबार) नेप्से समान्य अंकले बढेपनि कारोबार रकम भने उच्चरुपमा बृद्धि भएको थियो ।

त्यसको भोलिपल्ट (आज) सेयर बजार लगानीकर्ताको अपेक्षा विपरित भएको छ । सेयर बजार बढ्ने अनुमान गरेपनि सेयर बजार ८.९३ अंकले घटेको छ।

आज नेप्सका उत्पादन बाहेक अरु सवै उपसूचकहरु राताम्मै भएका छन् । सेयर बजारमा आज उत्पादन ५५.७५ अंकले बढेको छ ।

यता बैंक ८.७५ अंक, होटल १५.०८ अंक, डेभलपमेन्ट बैंक ११.५४ अंक, हाइड्रोपावर १६.५३ अंक, फाइनान्स ३.०७ अंक, इन्स्योरेन्स ५९.६३ अंक र अन्य ४.०४ अ.कले घटेको छ । 

जम्मा १ सय ५० वटा कम्पनीको २८ लाख ६५ हजार ९२ सेयर कित्ता खरिद विक्री हुँदा ६९ करोड ३५ लाख ९७ हजार ५ सय ४१ रुपियाँको कारोबार भएको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

 

596352539ac06.jpg 5963527faa3e4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको