Like us!
Follow us!
Connect us!
Watch us!

‘ब्रोकरलाई छिट्टै टीएमएस चलाउन दिनुपर्छ, ब्रोकरले गर्ने काम पनि नेप्सेले गर्दा बढी गुनासो आयो’

अर्थ संसार टक

आइतबार, २९ फागुन २०७८, १३ : ५१ मा प्रकाशित

कार्यभार छाडेर बाहिर बसेर सेयर बजारलाई नियाल्दा आफूलाई एकदमै खुकुलो र हलुका महसुस भइरहेको बताउँछन् नेपाल स्टक एक्सचेञ्ज नेप्सेका निवर्तमान प्रमुख कार्यकारी अधिकृत एवंम सक्रिय लगानीकर्ता चन्द्र सिंह साउद । 

अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकसँगको कुराकानीमा उनले भने, "मैले त एकदम खुसी, एकदम खुकुलो र एकदम फ्री भाको जस्तो महसुस गरेको छु । स्टक एक्सचेञ्जमा बस्दा खेरी विभिन्न ऐन , नियम, कानूनले बाँधेको हुने र प्रेसर पनि विभिन्न किसिमका हुने, यहाँ बसेर हेर्दा खेरी त मलाई एकदम खुल्ला र एकदम आनन्दले समय बितेजस्तो लाग्छ । नर्मल्ली ११ बजेदेखि ३ बजेसम्म त म पनि सेयर बजारमा नै व्यतित हुन्छु ।" अहिले उनले एउटा इन्भेष्टमेन्ट कम्पनीको पनि नेतृत्व गरिरहेका छन् ।

अहिले उनी पूँजी बजारमा केही नयाँ काम गर्न सकिन्छ की भनेर लागी परेका छन् । उनले भने, "पूँजी बजारमा नयाँ केही काम गर्न सकिन्छ की भनेर त्यो काममा पनि लाग्याछु । धेरै जस्तो साथी भाईहरूसँग सरसल्लाहको अवस्थामा र केही नियम कानुनहरू पनि प्रबन्धपत्र नियमावलीहरू अहिले ड्राफ्ट गर्ने प्रकृयामा हामी छौँ ।

पछिल्ला दिनहरूमा तरलता अभावका कारण सेयर बजारमा प्रभाव परिरहेको उनले स्वीकारेका छन् । उनले भने, "यो पूँजी बजार हो । पूँजी बजारमा घटबढ हुन्छ । अहिले त यो सिजन पनि अफसिजन नै हो । नर्मल्ली पूँजी बजार आफ्नो लयमा त हिँडेकै अवस्थामा देखिन्छ । तर कुरा के हो भने, नेपालमा अहिले यो पछिल्लो दिनहरूमा तरलताको संकट जस्तो देखिएको छ । यो संकटले गर्दाखेरी यदकदा लगानी डुबहाल्छ की भन्ने लाग्दछ । हामीहरू ॠण लिएर लगानी गर्ने हो । यस्तो हुँदा बैंकको ब्याज किस्ता समयमा नै तिर्न नसकिने होकी भन्ने लाग्नु स्वभाविक पनि हो ।" 

चैत्रपछि बजार सकारात्मक हुने उनको तर्क छ । अन्तर्वार्ताका क्रममा उनले भने, "मलाइ के लाग्छ भने चैत्रपछि बजार चाहिँ अलि राम्रो होला र त्यही किसिमले सकारात्मक रूपले अगाडि बढ्ला । " बजार घट्नु र बढ्नुले खासै तात्विक अर्थ नराख्ने उनले बताएका छन् । वास्तविक रूपमा लगानीकर्तालाई हेर्नुपर्ने उनकाे तर्क छ । "बजार बढेपनि घटेपनि मुख्य कुरा के हो भने कुन स्टकलाई आफूले खेलाइरहेको छ त्यो चाहीँ महत्वपूर्ण हो" , उनले भने । 

धितोपत्र बोर्डको अध्यक्षमा प्रतिस्पर्धी भएर जानू झमेला झैँ लाग्यो उनलाई । बोर्डको कार्यकाल करिव करिव २० देखि २१ महिनासम्मको अवधि मात्रै बाँकी रहेको, पूर्व अध्यक्ष पनि मुद्धा मामिलाको कार्यमा लागिरहेका र आफ्नो नैतिकतामाथि पनि प्रश्न उठिरहेको हुनाले यस्तो अवस्थामा बोर्डको अध्यक्षका लागि प्रतिस्पर्धा गर्न जानु झमेला जस्तो लाग्नु स्वभाविक रहेको उनी बताउँछन् । यसका साथै आफ्नै संस्थाहरू पनि लथालिङ्ग र भाताभुङ्ग भएको अवस्थामा उनलाई अब एक दुई वर्ष यतै समय दिन मन लाग्यो । उनले आफ्नो अनुभवलाई हेर्दै नेतृत्वमा बस्नुभन्दा बाहिर बसेर काम गर्नु सामाजिक र आर्थिक दृष्टिकोणले अझै फाइदाजनक हुने बताए । 

सेबोन र नेप्से दुवैतिरका प्रमुखहरूसँग आफ्नो अन्तरक्रिया भइसकेको भन्दै उनले दुवैजना बजारप्रति सकारात्मक रहेका बताएका छन् । विशेष गरी सेबोनका अध्यक्षसँग स्वदेशको मात्र नभएर विदेशको पनि अनुभव रहेको हुनाले आफू नगएपनि आफू भए सरह लागेको उनी बताउँछन् । 

आफ्नै कार्यकालमा कार्यविधि बनिसकेको इन्ट्रा डे, अक्सन र सर्ट सेलिङ जस्ता कुरालाई पूर्णता दिन नेप्सेका प्रमुखलाई उनको सुझाव छ । लगानीकर्ताको सख्या बढे अनुसारको हार्डवेयर र सफ्टवेयर इन्सटलमेन्ट गर्न पनि उनले सुझाव दिए । ब्रोकरले गर्ने काम पनि नेप्सेले र नेप्सेले गर्नुपर्ने काम पनि नेप्सेले नै गरिरहेको हुनाले भनाई खानुपर्ने स्थिती रहेको भन्दै उनले तत्कालिन अवस्थामा तयार पारिएको एपीआईको पोलिसीलाई स्टक एक्सचेञ्जले नै अगाडि बढाउनुपर्ने बताएका छन् ।  ब्रोकरलाई टीएमएस चलाउन खुकुलो गरिएमा ब्रोकरहरूले पनि आफ्नो प्रविधि आफैँ निर्माण गरेर कम गर्न सक्ने र लगानीकर्ताहरूको गुनासा पनि ब्रोकरबाटै समाधान हुनसक्ने उनको भनाई  छ । 

धितोपत्र बोर्ड र नेप्से मिलेर राष्ट्र बैंकसँगको परनिर्भरता कम गर्नुपर्ने आफ्नो सोचको बारेमा जानकारी दिँदै उनले यसका लागि नेपालमा सेक्युरिटी, लेन्डिङ र बरोयीङ हुनुपर्ने बताएका छन् । यदि यसो भएमा बैंकहरूको पैसा नै आवश्यक नपर्ने उनको तर्क छ । सेक्युरिटी, लेन्डिङ र बरोयीङ भयो भने बजारमा कारोबार गर्ने लगानीकर्ताहरूले बैंकको ब्याज भन्द सस्तोमा सेयर ॠण पाउने र जसले नियम डिम्याटमा सेयर थन्काएर राखेको छ त्यसबाट वार्षिक आउने प्रतिफल बाहेक अरू पैसा पनि आम्दानी गर्नसक्ने परिस्थिती सिर्जना हुने उनले स्पष्ट पारेका छन् ।

साउदसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको