Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर लिलाममा बेच्दै सहयोगी विकास बैंक

बुधबार, २८ असार २०७४, ११ : २६ मा प्रकाशित

हकप्रद सेयर लिलाममा बेच्दै सहयोगी विकास बैंक

अर्थ संसार, काठमाडौं–  आफूसँग भएको रकम सेयर बजारमा लगाउने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने (भोली)  २९ गतेदेखि सहयोगी विकास बैंकको हकप्रद सेयर लिलाममा खुल्दैछ ।

यो तपाईको लागि एउटा  सेयरमा लगानी गर्ने मौका हुन सक्छ । आफ्नो लगानीकर्ताको लागि यस अघि निष्काशन गरेको हकप्रद सेयर बिक्री भएपछि बैंकले बाँकी भएको हकप्रद लिलामीमा विक्री गर्न खोजेको हो ।

बैंकले  १६ हजार ३८६ कित्ता सर्वसाधारण समूहतर्फका सेयर लिलामी गर्न लागेको हो । यसका लागि लगानीकर्ताले साउन ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

लिलामी हकप्रद सेयरका लागि बैंकले बिक्री प्रवन्धक सनराइज क्यापिटललाई नियुक्ति गरिसकेको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको