Like us!
Follow us!
Connect us!
Watch us!

किन्ने होइन सेयर ? आजदेखि सहयोगी विकासको लिलामी सेयर बजारमा

विहीबार, २९ असार २०७४, ०८ : ५८ मा प्रकाशित

किन्ने होइन सेयर ? आजदेखि सहयोगी विकासको लिलामी सेयर बजारमा

अर्थ संसार, काठमाडौं–  आफूसँग भएको रकम सेयर बजारमा लगाउने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आजदेखि सहयोगी विकास बैंकको हकप्रद सेयर लिलाममा खुलेको छ ।

यो तपाईको लागि एउटा  सेयरमा लगानी गर्ने मौका हुन सक्छ । आफ्नो लगानीकर्ताको लागि यस अघि निष्काशन गरेको हकप्रद सेयर बिक्री भएपछि बैंकले बाँकी भएको हकप्रद लिलामीमा विक्री  गरेको हो ।

बैंकले  १६ हजार ३८६ कित्ता सर्वसाधारण समूहतर्फका सेयर लिलामी गर्न लागेको हो । आजदेखि खुलेको हकप्रद सेयर लगानीकर्ताले साउन ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

लिलामी हकप्रद सेयरका लागि बैंकले बिक्री प्रवन्धक सनराइज क्यापिटललाई नियुक्ति गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको