Like us!
Follow us!
Connect us!
Watch us!

को बन्ला नेप्सेको नयाँ प्रमुख ?

विहीबार, २९ असार २०७४, १६ : ३९ मा प्रकाशित

को बन्ला नेप्सेको नयाँ प्रमुख ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत को बन्लान् र कसले सो पल्द हात पार्ला भन्नेमा यतिखेर बजारमा चर्को चासो र बहस हुने गरेको छ ।

धितोपत्र बजारको प्रमुख निकायको रुमपा रहेको स्टकको प्रमुख पद हासिल गर्न ठूलै चलखेल समेत भइरहेको छ । त्यसलाई अर्को भाषामा घले राजा छान्ने लिगलिगे दौडको रुमपा समेत चित्रण गरिएको छ ।

नयाँ महाप्रबन्धकका लागि करिब आधा दर्जन व्यक्तिले इच्छा देखाएको र को भन्दा को बढी मन्त्री तथा सरोकार भएकाको नजिक पर्ने र नियुक्त लिने भन्नेमा दौड सुरु भएको बताइन्छ ।

नेप्सेका प्रमुख सीताराम थपलियाको पाँचवर्षे कार्यकाल गत शनिबार सकिएपछि हाल महाप्रबन्धक पद रिक्त छ ।

नेप्सेको प्रमुख बन्न पूर्वअध्यक्ष प्रकाश लम्साल, कर्जा सुरक्षण विभागका कार्यकारी निर्देशक दण्डपाणि पौडेल, ज्योति विकास बैंकका डीजीएम मनोज ज्ञवाली, नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी एवम् ग्रामीण लघुवित्त संस्थाका कार्यकारी निर्देशक पर्वत कार्कीलगायतका आकांक्षी देखिएका छन् ।

आकांक्षीहरूले सत्ता साझेदार दल कांग्रेस र माओवादीका प्रभावशाली नेता तथा अर्थमन्त्रीलाई विभिन्न च्यानलबाट प्रस्ताव लैजाने काम भइरहेको बताइन्छ ।

धितोपत्र बजारको कार्यान्वयन निकाय नेप्सेको नयाँ नेतृत्व छनोटका लागि सरकारले तीन सदस्यीय छनोट समिति गठन गर्ने प्रक्रियामा रहेकाले आकांक्षीहरू अझै बढ्न पनि सक्ने देखिन्छ ।
 
पुँजी बजारमा बढ्दै गएको जनसभागिता र प्रविधिको विकाससँगै नेतृत्व पनि समयसापेक्ष एवम् ‘डाइनामिक’ हुनुपर्ने भन्दै सरोकारवालाले सरकारलाई दबाब दिन थालेका छन् ।

हाल नेप्सेका अगाडि देखा परेका चुनौतीहरू समाधान गर्न सक्ने, आम लगानीकर्ताको नेप्सेप्रति रहेको असन्तुष्टि सम्बोधन गर्ने र नेपाली पुँजी बजारलाई सही मार्गमा लैजाने व्यक्तिको खोजी भने लगानीकर्ताले गरेका छन् ।

यो पनि पढ्नुहोस्

धमाधम एककिृत कारोबर

बजारमा तीज नआउँदै तिजका गितको ओइरो

सेयर बजार राताम्मै

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको