अर्थ संसार, काठमाडौं– यस आर्थिक बर्ष २०७४/७५ को पहिलो दिन (आज) नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सामान्य अंकले बढेको छ ।
आज सेयर बजार ०.९ अंकले बढेको छ । १ सय ४९ वटा कम्पनीको १२ लाख ९४ हजार २ सय ५९ कित्ता सेयर खरिद विक्री हुँदा ६८ करोड १२ लाख ६२ हजार ५ सय २० रुपैयाँ कारोबार भएको छ ।
यस दिन बैंक २.४१ अंक, फाइनान्स १०.९३ अंक र इन्स्योरेन्स १.४८ अंकले बढेको छ । यता होटल ५.८५ अंक, डेभलपमेन्ट बैंक ०४४ अंक, उत्पादन ०.२१ अंक र अन्य ५.५ अंकले घटेको छ ।
सामान्य अंकले बढेको बजारमा कुबेर मर्चेन्ड फाइनान्स लिमिटेड, अरुण फाइनान्स लिमिटेड, प्राइम लाईफ इन्स्योरेन्समा लगानी गर्ने लगानीकर्ताहरुले आफ्नो आम्दानी केही प्रतिशतले बढाएका छन् । कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस