Like us!
Follow us!
Connect us!
Watch us!

‘काठमाडौ युथ कनक्लेभ २०२१’ सम्पन्न: पाँच हजार बढी युवाको सहभागिता

धिरज पौड्याल

शनिबार, २६ चैत्र २०७८, २१ : २५ मा प्रकाशित

‘काठमाडौ युथ कनक्लेभ २०२१’ सम्पन्न: पाँच हजार बढी युवाको सहभागिता

युवाहरूलाई स्वदेशमै सम्भावना को खोजि गर्न र स्वदेशमा रहेका समस्याहरू पहिचान र रहेका समस्यालाई उद्यमशीलताको माध्यमबाट समाधानका लागि प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम ‘काठमाडौ युथ कनक्लेभ २०२१’ सम्पन्न भएको छ।

 शनिवार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा माध्यमिक तहमा अध्यन्तर पाँच हजार बढी विद्यार्थीको सहभागिता रहेको थियो। राष्ट्रमा रहेका स्रोत साधनको उचित प्रयोग, युवाहरुको राष्ट्र निर्माणमा भूमिका, उद्यमशीलता प्रवर्धन तथा व्यावहारिक शिक्षण सिकाईका विषयमा विभिन्न क्षेत्रमा ज्ञान हासिल गरेका व्यक्तिहरुले युवाहरुलाई प्रेरित गर्न आफ्नो अनुभव सुनाएका थिए। 

कार्यक्रमका प्रमुख अथिति आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले हरेक क्षेत्रमा सम्भावना रहेकाले आफ्नो रुचि भएको क्षेत्रमा  युवाहरु लगनशी र इमान्दारीताका साथ परिवर्तन गर्न चाहेमा यहाँ रहेका समस्याहरू लाई अवसरमा र आम्दानीमा रूपान्तरण गर्न सकिने  साथै अवसर भएन भन्दै विदेशिनु भन्दा राष्ट्रविकासमा तपाईंको भूमिका तपाईंले चिन्नुपर्ने बताएका थिए। युवाहरुसँग उद्यमशीलताको सोच भएमा उक्त सोचलाई सार्थकता दिनको लागि बैंक सधैं तत्पर रहेको बताएका छन्। 

Photo:Catch Square

कार्यक्रममा बैंकर अनिल केशरी शाहले युवाहरु राष्ट्रको भविष्य नभई राष्ट्रको वर्तमान हुन र आजका युवाहरुले भोली के गर्ने भन्दापनि आज कसरी राष्ट्रसेवा गर्न सक्छु भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताएका थिए। उद्यममा परम्परागत शैली र नीति पछ्याउने उद्यमीलाई अब युवाले तपाईंहरू छाड्नुहोस् अब हामी गर्दछौं भन्ने प्रश्न गर्ने समय आई पुगेको बताएका थिए। युवाहरुले आफूलाई रुचि भएको क्षेत्रबाट परिवर्तन सुरु गर्नुपर्ने सुझाव दिएका छन् । शाहका अनुसार खुसी हुन सधै यी कुराहरूलाई मनमा राख्न सुझाव दिएका थिए।  

  • Family and Friends

  • Money and Economics

  • Health

  • Power and Status

  • Love yourself

शाहले शिक्षण सिकाइलाई विद्यालय र विद्यार्थीहरूमा सधैं कोर्स बुकका किताब पढे अध्यन पूरा हुने परिपाटी रहेको छ तर वास्तविकता त्यस्तो नभएको उनले बताए। अहिले अध्यन गर्नलाई कुनै बन्द सिमाना नचाहिने र दैनिक जीवनका हरेक क्रियाकलाप र प्रकृतिबाट व्यावहारिक ज्ञान लिन सकिने बताएका थिए साथै एक कुलमान इमान्दार बन्दा सारा देशनै उज्ज्यालो भएको कारण हरेक युवाहरुमा विशेष सीप रहेको र त्यो सीपलाई चिनेर व्यवहारिक जीवनमा लगाउन सुझाव दिएका थिए। 

Photo:Catch Square

कार्यक्रमका उद्यमी कर्ण शाक्यले युवाहरु सधैं विदेशमा रहेका साथीहरुले सजिक सञ्जालमा राखेका फोटोहरुबाट प्रभावितभएर विदेशिने सोच बनाउने गर्छन तर उनीहरूले त्यहाँ गर्ने मेहेनेत बाट प्रभावित भई यही देशमा केही गर्छु भन्ने अठोट लिएमा राष्ट्र छिट्टै विकास हुने बताएका थिए। आफ्नो विदेश बसाईको अनुभव सुनाउँदै विदेशमा कहिले पनि मालिक बन्न नसकिने मालिक बन्न आमाको काख र साथीको साथ आवश्यक रहने हुदा स्वदेशमा मात्र मालिक बन्न सकिने र यही परिवर्तनको सम्भावना देखि संघर्ष गर्नुपर्ने बताएका थिए। 

कार्यक्रममा युवाहरुलाई प्रेरणा दिदै उनले, “विदेश जानुहोस् तर त्यहाँ एउटा प्रश्न उठ्छ:When you are out of your country,you loss the root. हामीले सबै संस्कार बिर्सिन्छौ र जब जरा बिर्सिन्छौ तब बिना जरा वरपिपल हैन घाँस बन्नेछौ,रुख बन्न जरा चाहिन्छ।बाँच्न नाम र पहिचान चाहिन्छ र Man who is Root less he is dead.” बताए। 

युबा अवस्थामा सधैं चुनौतीको सामना गर्दै गल्ती गर्नुपर्ने र यस्तो अवस्थामा जीवनमा २ ओटा खेल आउँछ,“Life has two game long and short, दिमाखले सधैं सहज बाटो पछ्याउन खोज्छ र Short game खेल्छ यस्तो अवस्थामा खेल हृदयको खेल्नुहुन्छ”उनले युवालाई सुझाव दिए।

Photo:Catch Square

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयरमा उम्मद्वार एबम् युवा र्यापर बालेन शाहले नेपालको विद्यालय शिक्षा आज कस्तो छ र भोली कस्तो हुनुपर्ने र शिक्षा क्षेत्रमा रूपान्तरण आवश्यक रहेको बताएका थिए । साथै कार्यक्रममा गल्डस्टार सुजका निर्देशक विदुषी राणा, पूर्व मिस नेपाल एबम् उद्यमी अनुष्का श्रेष्ठ लगायतका व्यक्तिहरूले युवाहरुलाई उत्प्रेरित गराएका थिए भने र र्यपर बलेन् शाह, कमेडी च्याम्पियन विजेता भरतमणि पौडेल, नीलम ढुंगाना,सविन कार्की [Beest] र सुशान्त के. सी. को प्रस्तुति रहेको थियो ।

Photo:Catch Square

काठमाडौ युथ कनक्लेभ Icon को उपाधि सुशान्त के. सी.ले प्राप्त गरेका थिए । यस सम्मान प्रत्येक वर्ष विभिन्न क्षेत्रबाट युवा विकासमा भूमिका खेलेका युवालाई दिँदै आएको र युवाहरुलाई एउटै मञ्चमा समेटेर भविष्यको लक्ष्य निर्धारण र युवालाई उद्यममा अभिप्रेरित गर्न प्रत्येक वर्ष कार्यक्रम आयोजना गरिरहेको संयोजक राजु टण्डनले जानकारी दिए ।
 

  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको