Like us!
Follow us!
Connect us!
Watch us!

डिसहोमले जारी गर्ला त आईपिओ ?

मंगलबार, ०३ साउन २०७४, ०७ : ०७ मा प्रकाशित

डिसहोमले जारी गर्ला त आईपिओ ?

अर्थ संसार, काठमाडौैं– टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोम प्राईभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ ।

कम्पनी रजिस्टारको कार्यलयले डिसहोमलाई कही दिनअघि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको प्रमाण–पत्र दिएको छ ।

पब्लिक लिमिटेड कम्पनी बनेसँगै डिसहोम सर्बसाधरणमा आइपिओ जारी गर्ने भएको छ । डिसहोमका बजार बिभाग महाप्रबन्धक कल्याण अभिकारीले अब नियम अनुसार प्रक्रिया पुर्याएर एक बर्षमा आइपिओ जारी गर्ने बताए ।

‘अब प्रक्रिया पुर्याएर एक बर्षमा आइपिओ जारी गर्दैछौ, त्यो भन्दा छिटो पनि हुनसक्छ’ अधिकारीले भने । कति रकमको आइपिओ जारी गर्ने भन्नेबारे बोर्डले निर्णय गर्ने उनले बताए ।

डिसहोम हाल पुँजी २ सय करोडको चुक्ता पुँजी रहेको कम्पनीको अधिकृत जानकारी दिए ।  यो दुई कम्पनी मर्जर भएर बनेको हो । दुबै कम्पनी १ अर्ब चुक्ता पुँजीका थिए । डिस मिडिया नेटवर्क र नेपाल डिटिएच कम्पनी  मिलेर बनेको बनेको हो ।

डिस मिडियाले डिस टिभी र नेपाल डिटिएचले होम टिभीको ब्राण्डनमा डिटिएच सेवा सुरु गरेको थियो । दुबै कम्पनी गाभिएर डिसहोम बनेको हो ।

धितोपत्रबोर्डले रियल सेक्टरका कम्पनीलाई प्रिमिएम मूल्यमा आइपीओ जारी गर्ने बाटो  खुला गरेको छ । अब डिसहोमले सोहि अनुसार आईपीओ जारी गर्ने बताएको छ ।

डिसहोमले नेपालमा सेटेलाईटको माध्यमबाट बिधिन्न च्यानल डाईरेक्ट टू होम(डिटिएच) प्रणालीमार्फत् टेलिभिजन सेवा प्रदान गरिरहेको छ ।

कम्पनीमा प्रभु समुह, ग्वोल आईएमी समुह, कान्तिपुर मिडिया , ईमेज च्यानल लगाएतको लगानी रहेको छ ।

नेपाल धितोपत्र बोर्डले प्राइभेट कम्पनीहरुलाई पब्लिक लिमिटेडमा परिवर्तन भएर सर्व साधारणमा सेयर जारी गर्न प्रोत्साहित गर्ने नीति ल्याएपछि डिसहोम पनि सर्बसाधारणमा जान अघि सरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको