Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बुम : एकै दिन बढ्यो ३४ अंक

मंगलबार, ०३ साउन २०७४, १६ : ४२ मा प्रकाशित

सेयर बजार बुम : एकै दिन बढ्यो ३४ अंक

अर्थ संसार, काठमाडौँ– नयाँ आर्थिक वर्ष सुरु भएपछि हरियाली छाएको सेयरबजारमा आज तेस्रो दिनको कारोबार पनि उच्च बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार मंगलबार नेप्से २.१४ प्रतिशतले उकालो लागेको छ ।  नेप्से परिसूचक ३४.२६ अंकले बढेर १६३८.४१ विन्दुमा पुगेकोे छ । कारोबारमा सबै समूहका सूचक बढेपछि बजारमा उच्च सुधार आएको हो ।

विशेषगरी बीमा समूहको सूचक सबैभन्दा बढी ४१६.६३ अंकले बढको छ । त्यस्तै वाणिज्य बैंक समूह २१.२५, होटल ६१.५२, विकास बैंक २५.२, जलविद्युत ३८.९९, वित्त ५.९५, उत्पादन समूह २०.७२ र अन्य समूह भने ०.५८ अंकले बढेका छन ।

कुल १५५ कम्पनीको कारोबार भएको बजारमा १९ लाख ३५ हजार कित्ता सेयर रु एक अर्ब २१ करोड १७ लाख बराबरमा किनबेच भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम रु ५२ करोडले बढी हो ।

धितोपत्र बोर्डले मर्चेन्ट बैंकरहरुको चुक्ता पूँजी र कार्यक्षेत्र विस्तार गर्ने भएपछि यसको प्रभाव सेयर बजारमा देखिएको हो ।

सेयरबजारमा पाँच कम्पनीको सेयरमूल्य झण्डै दश प्रतिशतले बढेको छ । हिमालयन डिष्टिलरी, एनबी इन्स्योरेन्स, कुवेर मर्चेन्ट फाइनान्स, राष्ट्रिय वीमा कम्पनी, प्रोगेशिभ फाइनान्स लगायतको सेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ ।

रिलायन्स फाइनान्स, सगरमाथा इन्स्योरेन्स तथा फरवार्ड माइक्रो फाइनान्स लगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।

उच्च अंकले बढेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ९ करोड २९ लाख बढीको सेयरको किनबेच भएको छ ।

फरवार्ड माइक्रो, इन्भेष्टमेन्ट बैंक संस्थापक, नबिल बैंक संस्थापक तथा नेशनल लाइफ लगायतको धेरै कारोबार भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको