Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय पावरको आइपीओ बाँडफाँड हुँदै

बुधबार, ०४ साउन २०७४, ११ : ५९ मा प्रकाशित

हिमालय पावरको आइपीओ बाँडफाँड हुँदै

अर्थ संसार, काठमाडौं – हिमालयन पावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आइपिओ) आज बाँडफाँड हुँदैछ ।

गत असारको पहिलो सातासम्म आवेदन दिने अवधि तोकिएकोमा सो कम्पनीको सेयरमा  १८ गुणा बढी आवेदन परेको छ ।

हिमालयन पावरले रु २१ करोड ३० लाखको आवेदन माग गरेकोमा रु ३ अर्ब ८० करोड आवेदन परेको निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

धितोपत्र बोर्डले गरेका नयाँ व्यवस्था अनुसार आवेदन भर्नेले न्यूनतम १० कित्ता सेयर दिनुपर्छ । ग्लोबल आइएमई क्यापिटलका अनुसारका आस्वा मार्फत ४३ हजार ८ सय आवेदन मार्फत रु २ अर्ब ९५ करोड र पुरानो शैलीमा १९ हजार ९ सय आवेदन मार्फत रु ८५ करोड १५ लाख आवेदन परेको छ ।

धितोपत्र बोर्डको नयाँ नियमअनुसार आवेदनकर्ता सबैलाई दश कित्ताको दरले सेयर दिनुपर्ने व्यवस्था भएकाले आवेदनकर्ता सबैलाई साधारण सेयर पर्ने अनुमान गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको