Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनरको आइपिओ बाँडफाँड, सबै आवेदकलाई दश कित्ता

बुधबार, ०४ साउन २०७४, १३ : ४७ मा प्रकाशित

हिमालयन पावर पार्टनरको आइपिओ  बाँडफाँड, सबै आवेदकलाई दश कित्ता

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आवेदन सदर भएका एक लाख ६३ हजार ७३७ जनाले दश कित्ताका दरले सेयर पाएका छन । १२ सय ६४ जना आवेदकको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणकालागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता साधारण शेयर निष्कासन गरेको थियो । सबै आवेदकलाई दश कित्ताका दरले १६ लाख ३७ हजार १० कित्ता शेयर वितरण गरेपछि बाँकी रहको सेयर दश कित्ता दरले गोलाप्रथाबाट वितरण गरिएको छ ।

आवेदन सदर भएका एक लाख ६३ हजार ७३७ जनालाई नै गोलाप्रथामा सहभागी गराउदा ३४ हजार ४३० जनाले थप दश कित्ता सेयर पाएका छन ।

दोस्रो पटकको गोलाप्रथाबाट पाँच जना लगानीकर्ताले भने थप एक कित्ता सेयर पाएका छन । जसमा पहिलो पटकको गोलाप्रथाबाट  थप दश कित्ता पाएका लगानीकर्तालाई समावेश गरिएको थिएन ।

कम्पनीले २१ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको २१ लाख ३० हजार ४३० कित्ता शेयर निष्कासन गरेको थियो। जसमध्ये कर्मचारी र सामुहिक लगानीकोषलाई छुट्याएर १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।

एक लाख २९ हजार ३०२ जनालाई स्१० कित्ता, ५ जनालाई ११ कित्ता र ३४ हजार ४३० जनालाई  २० कित्ता सेयर परेको छ ।

यो पनि पढ्नुहोस्

यस कारण किन्छन महंगोमा लिलामीको सेयर 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको