Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गर्नुहोस्, नेपाल हाइड्रोको आइपिओ आउँदै

विहीबार, ०५ साउन २०७४, ०८ : ३६ मा प्रकाशित

पैसा जम्मा गर्नुहोस्, नेपाल हाइड्रोको आइपिओ आउँदै

अर्थ संसार, काठमाडौं- सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यस आर्थिक वर्षको सम्भवत पहिलो सर्वसाधाराण (आईपिओ) नेपाल हाइड्रो डेभलपर लिमिडेटको आउँदैछ ।

यस कम्पनीको सर्वसाधारणका  लागि ३ लाख ९० हजार कित्ता आइपिओ निष्काशन गर्न भएको छ ।  कम्पनीले १ सय रुपैयाँ अंकित दरको तीन करोड ९० लाख रुपैयाँ बराबरको तीन लाख ९० हजार कित्ता आईपिओ निष्काशन गर्ने भएको हो ।

हाइड्रोले यसअघि मंसिर २६ गतेदेखि पुस १० गतेसम्म दोलखाका आयोजना प्रभावित स्थानीयवासीलाई २ लाख ६० हजार आइपिओ बिक्री गरी बाँडफाँड गरिसकेको छ । सर्वसाधरणलाई सेयर निष्काशन गरेपश्चात कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ ।

दोलखामा ३.५२ मेगावाटको चर्नावित जलविद्युत आयोजना निर्माण  सम्पन्न गरी नियमितरुपमा विद्युत बिक्री गर्दै आएको कम्पीले निष्काशन गर्न लागेको आईपिओको लागि निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । आईपिओ निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाईसको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको