Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको हकप्रदको बिक्री खुल्ला, आवेदन यहाँबाट दिनुहोस

विहीबार, ०५ साउन २०७४, १० : ५२ मा प्रकाशित

माछापुच्छ्रे बैंकको हकप्रदको बिक्री खुल्ला, आवेदन यहाँबाट दिनुहोस

अर्थ संसार, काठमाडौं–माछापुच्छ्रे बैंकको हकप्रद सेयर बिक्री आजदेखि  (बिहीबार) खुल्ला गरेको छ ।

बैंकले आफ्ना लगानीकर्ताहरुलाई हाल कायम चुक्तापूँजीको १२ प्रतिशतको दरले हकप्रदको बिक्री खुल्ला गरेको हो ।

 हकप्रद प्रयोजनका लागि गत जेठ १६ गते बुक क्लोज गरेको थियो । यसको अर्थ जेठ १५ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

बैंकले आफ्ना सेयरधनीका लागि १ सय रुपैयाँ अंकित मूल्यका कुल ७९ लाख १८ हजार ४ सय ४० कित्ता हकप्रदको बिक्री खुल्ला गरेको हो । 

बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल 

बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ ।

हकप्रद खरीदका लागि इच्छुक सेयरधनीले एनएमबी क्यापिटल लिमीटेडको काठमाण्डौ नागपोखरीस्थित मुख्य कार्यालय तथा माछापुच्छ्रे बैंकका सबै शाखा कार्यालयहरुमा गएर आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको