Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावरको आइपिओ कसलाई कति पर्यो ? (नाम लिष्टसहित)

विहीबार, ०५ साउन २०७४, ११ : १७ मा प्रकाशित

हिमालयन पावरको आइपिओ कसलाई कति पर्यो ?  (नाम लिष्टसहित)

अर्थ संसार, काठमाडौं– हिमालयन पावर पार्टनरले निष्काशन गरेको आइपिओ तपाईलाई कति पर्यो ? पार्टनरले निष्काशन गरेको २१ लाख ३० हजार साधारण सेयरको बाँडफाँड भएको छ ।

कम्पनीले असार १ देखि असार ५ गतेसम्म प्रति कित्ता १ सय रुपैयाँका दरले जारीको थियो ।बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपिओमा कुल १ लाख ६५ हजार १ जनाले आवेदन दिएका थिए । जस मध्ये १ लाख ६३ हजार ७ सय ३७ आवेदन योग्य र १२ सय ६४ आवेदन रद्द भएका छन् ।

बाँडफाँड मोडल अनुसार ५ जनाले ११ कित्ता, ३४ हजार ४ सय ३० जनाले २० कित्ता र १ लाख २९ हजार ३ सय २ जनाले १० कित्ता शेयर पाएका छन्  । सबै आवेदनले शेयर पाएका हुन्  ।

 कम्पनीले निष्काशन गरेको २१ लाख ३० हजार ८ सय ३४ कित्ता सेयरमध्ये ४२ हजार ६ सय १७ कित्ता कर्मचारी र एक लाख ६ हजार ५ सय ४२ कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको हो ।

सर्वसाधारणका लागि आइपिओ निष्काशन तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी प्रोमोटर सेयर सहित १ अर्ब ६ करोड पुग्ने छ ।

२०६१ मा प्राइभेट कम्पनीको रुपमा स्थापना भएको यस कम्पनीले उर्जा क्षेत्रमा आवश्यक रिसर्च, बिकास र कनसल्ट्यानसको काम गर्दै आएको थियो। हिमालयन पावरमा गैर आवासीय नेपाली, एनआरएनको लगानी भित्रीएसंगै सन २०१३ देखि यस कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको