आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको ९ महीनामा ३ करोड ४८ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
कम्पनीले यस वर्ष गत वर्षको भन्दा १९ दशमलव ८६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २ करोड ९० लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष सञ्चालन नाफा १८ दशमलव ३१ प्रतिशत बढी ४ करोड ४७ लाख भएको छ । हाल कम्पनीको चुक्तापूँजी १० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ३६ दशमलव ९५ प्रतिशत बढेर ९ करोड ५५ लाख कायम भएको छ ।
कम्पनीले यस वर्ष २३ प्रतिशत बढी कर्जा सापटी लिएको छ भने २८ दशमलव ३९ प्रतिशत बढी कर्जा प्रवाह गरेको हो । यस वर्ष कम्पनीले ६९ करोड ४५ लाखभन्दा बढी कर्जा सापटी लिएको हो भने १ अर्ब ३३ करोड ७१ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो ।
निक्षेप संकलन भने गत वर्षभन्दा २३ दशमलव ७७ प्रतिशत बढी ४५ करोड २० लाख भएको छ । गत वर्ष ४ दशमलव ३९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ४६ प्रतिशतमा झरेको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (इपीस) रू. ४६ दशमलव ४४ र प्रतिशेयर नेटवर्थ रू. १९५ दशमलव ५५ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस