गरिमा विकास बैंकले लस्कर फूडसको कर्पोरेट लन्च प्याकेज लिने भएको छ । सम्झौता अनुसार अब लस्कर फूडसको कोर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा शाखामा पुग्ने छ ।
लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघी सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर ÷ कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । यही अनुरुप गरिमा विकास बैंकले लस्कर फुडसको कोर्पोरेट लन्च प्याकेजको सदस्यता लिएको हो ।
काठमाडौं उपत्यकाका कार्यालय अफिसहरुलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।
लस्कर फूड्सले सुलभ रकम, समयमै हाइजेनिक खाजा खुवाउने लक्ष्य लिएको छ । लस्कर फूड्सको पहिलो कर्पोरेट लन्च प्याकेज गरिमा बिकास बैंकले लिएको हो । लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुडसको कोर्पोरेट लन्च प्याकेजको सदस्यता लिन लस्कर फुडसको कार्यालयमा सम्पर्क गरेर बुझ्न सकिने कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस