Like us!
Follow us!
Connect us!
Watch us!

किन्ने होइन बैंकको एफपिओ ? पूँजी बढाउन धमाधम आउँदै छ एफपिओ

सोमबार, ०९ साउन २०७४, ०८ : ०६ मा प्रकाशित

किन्ने होइन बैंकको एफपिओ ?  पूँजी बढाउन धमाधम आउँदै छ एफपिओ

अर्थ संसार, काठमाडौं -नेपाल राष्ट्र बैंकले तोकिएको समयमा चुक्ता पुँजी पर्यानका लागि केही बैंकले एफपिओ निकालिसकेका छन् भने केही बैंकले निकाल्ने तयारी गर्दैछन् ।

केही बैंकले एफपिओ निकाल्नको लागि धितोपत्र बोर्डमा निदेबन दिएका छन् । कुन बैंकले कति कित्ता सेयर एफपिओ निष्काशनको लागि आवेदन दिएका छन् त ? एफपिओ निष्काशनको लागि निवेदन दिने बैंकहरु तल यस प्रकारको छन् ।

बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेड

बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेड ले पूँजी बढाउन संस्थापक एफपिओ निष्कासन गर्ने जनाएको छ । बैंकले ६१ लाख ५८ हजार कित्ता एफपिओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ ।

एनएमबी बैंक

एनएमबी बैंकले चुक्ता पूँजी बढाउन एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्कासनका लागि यसअघि नै आवेदन दिएको हो । चुक्तापूँजी रु आठ अर्ब बढाउन एफपिओ निष्कासन गर्न लागेको बैंकले जनाएको छ ।

नेपाल ग्रामीण विकास बैंक

नेपाल ग्रामीण विकास बैंकले पनि पूँजी बढाउने दौडमा रहेको छ । सो बैंकले नौ लाख ७५ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले छ लाख ५९ हजार ५६५ कित्ता एफपिओका लागि आवेदन दिएको छ । तर एफपिओको मूल्य भने निर्धारण हुन सकेको छैन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको