आर्थिक पत्रकारिताको क्षेत्र धेरै लथालिङ्ग भएको छ । अहिलेको अवस्थामा के छाप्ने के नछाप्ने भन्ने विषय अन्यौलमा छ । हाम्रो देशको अवस्थामा केही नपाए पत्रकारिता गर्ने भन्ने खालको प्रचलन छ । अरु देशमा धेरै पढेका शिक्षित र युनिर्सिटीमा प्रोफेशर छाडेर पत्रकारिता गरेको पाईन्छ । पत्रकारीता पढेर, बुझेर र धेरै अध्यायन गर्ने मानिसहरुले गर्ने गरेको पाईन्छ । त्यो सोच हामीमा आउन सकेन कि भन्ने मैले महशुस गरिरहेको छु ।
आचार संहितको कुरा गर्दा दशैं नजिकिइ रहेको वेला दशै तिहारमा नचाहिदा समाचारहरु पत्रिकामा आउँने गरेका छन् । यो यस्तो पेसा लिएर तपाईहरुलाई कति आनन्द लाग्छ ? पेशामा जहिले पनि सन्तुष्ट हुनु पर्दछ । पेशामा सन्तुष्ट भइएन भने पेशा छोड्दिनु पर्दछ । अन्य पेशाहरु धेरै छन् । मैले पत्रकारहरुलाई वारम्वार उदाहरणको रुपमा भन्ने गरेको छु ।
अमेरिकाको दोस्रो विश्वयुद्दमा अमेरिका पनि लडेको थियो । अमेरिकाको राष्ट्रपति रुजवेल्ट थिए । त्यतिवेला अमेरिका लड्दा खेरि संसारमा भिषण युद्द भएको थियो । अमेिरकाले लिड गरिरेको थियो । अर्कातिर जर्मनी पनि थियो । दोस्रो विश्वयुद्द अमेरिकाको सर्पोटमा एलाईन्सले जित्यो । युद्द जितेपछि वल्ल अमेरिकीहरुले थाहा पाए, उनीहरुको राष्ट्रपति पोलियो लागेर हिड्न नसक्ने रहेछन् । त्योभन्दा अगाडि तेत्रो वर्षसम्म हरेक चोटि रुजवेल्टले सम्वोधन गरे ।
सम्वोधन गर्दा रोस्टमको विचमा वसेर सम्वोभन हुन्थ्यो । फोटोहरु सवै उभिएको आयो । उसले कति भाषण गर्दा मुलुकको गौरवशाली कुराहरुदेखि लिएर सैनिकदेखि आम नगरिकलाई हौसला दिने खालका भाषण गर्दा खाली त्यो फोटोले सबैको हौसला बढाइरह्यो । उनलाई पोलीयो भएको छ, उनी रोगी छन्, उनलाई यसरी असिस्टेन्ट लगाए उभ्याइन्छ, हिड्न सक्दैनन् भनेर कुनै पत्रिकाले छापेनन् । त्यो छापेको भए हुन्थ्यो नी । त्यो हामीकँहा भएको भए के हुन्थ्यो ? निरोगीलाई पनि रोगी छ भनेर छापिन्छ यहाँ ।
त्यसले त्यतिवेला यथार्थ छापेको भए अमेरिका हार्न सक्थ्यो । लिड गर्ने मान्छेलाई नै पोलियो रहेछ । हिड्न नसक्ने विरामी रहेछ भन्ने भएपछि कन्फिडेन्स सेनादेखि लिएर सवैको कम हुन सक्थ्यो । म त भन्छु पत्रकार जति राम्रो भयो, आर्थिक विचार र सही कुरा दिन सक्यो भने त्यती यो क्षेत्रको अर्थतन्त्र अगाडि बढ्थ्यो भन्ने खालको मान्छे हुँ म । अहिले म राष्ट्र वैँकमा जाने वित्तिकै २३ जना पत्रकारलाई तालिम दिलाए्रँ । फेरि गराउँछु । तपाईहरु मजवुद र राम्रो कुरा लेख्ने हुनुभयो भने त्यसले समाजलाई डोर्याउँछ र अर्थतन्त्रलाई मजवुद वनाउँदै लैजान्छ । त्यो हुन सकिरहेको छैन ।
नेपालमा डलरको भाउ महङ्गो हुँदा विभिन्न फिचरहरुले थप गर्दा पनि पहिलो चोटी नोट सस्तोमा छापियो । यस्तो छ के कारण हो ? इन्टरनेस्नल्ली कार्ड सिस्टम चलेको छ । अव नोटतिर मान्छे कम भइसके । अहिले कार्ड वढी प्रयोग गर्छन् । नोट सस्तोमा छापिएको छ । पहिलाभन्दा पनि तीन गुणा सस्तोमा छापिएको छ । एउटा समाचार वनाई देऊ भनेर तालिम लिने सवै २३ जनालाई भन्दा कुनैले लेखेनन् । ल हेर्नुस । यस्तो छ । तपार्इंहरुलाई छाप्नै मन लागेन । तपाईहरुलाई कति महत्वपूर्ण समाचार तपाईंहरुलाई दिएको थिएँ । राज्यको अरवौ रुपिँया जोगियो । नयाँ नोट आयो, फिचर वढ्यो । यो भोलि आउने र गलत गर्नेलाई थ्रेट हो ।
कि तपार्इंहरुलाई सम्पादकले त्यसलाई ठोक है, त्यसको वारेमा राम्रो नलेख भनेर भनेको हो की ? यदि त्यही रुपमा त्यस्तो गर्ने हो भने यो पेशा नर्गनुस । पढेलेखेको छ भने अर्को पेशामा पनि जान सकिन्छ । यो पेशामा ऐच्छिक भएन भने यो पेशा हुदैन । अरु पेशामा ऐच्छिक अलिअलि होला ।
यो पेशा संस्था र समाजविचको चेन्ज एजेन्ट हो । चेन्ज एजेन्ट आँफै माफियाको एजेन्ट भएर हिँडेपछि पव्लिकमा के जान्छ म्यासेज ? मलाई लाज लाग्छ । त्यो तरिकाले पैसा झर्दैन । पैसा दिएर हामी वोलाउँदा पनि वोलाउँदैनौ । दिँदा पनि दिदैनौ । बरु हामी जस्ता मान्छेले नोटस गरेर राखेका हुन्छौ । कस्ले केके लेखिरहेको छ भनेर । हामी भनेको समाजलाई केही दिन खोज्ने मान्छे हौँ ।
गलत तरिकावाट समाचार लेखेर समाजलाई भ्रमित नर्पानुस् । जुन आचारसंहिता छ, त्यो आचारसंहिता पालना नगर्नेलाई हटाई दिनुस् आचारसंहिता कडाईका साथ पालना गरेर आर्थिक सेक्टरमा राम्रो म्यासेज दिन सक्यो भने साच्चिकै त्यसले अर्थतन्त्रमा धेरै परिवर्तन ल्याउन सक्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस