Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, ११ : ०१ मा प्रकाशित

किसान लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (जेठ १९ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि जेठ २० गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले आज जेठ १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

संस्थाकाे वैशाख २५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेश्राे वार्षिक साधारण सभा जेठ २८ गते, शनिबार, धनगढी-उपमहानगरपालिका-२, धनगढी, कैलालीमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको