Like us!
Follow us!
Connect us!
Watch us!

नेपालीलाई नेपाली संस्कृतिसँग जोड्ने उद्देश्यले सुरू भएकाे हाम्रो पात्रो, दैनिक १५ लाख प्रयोगकर्ता

अर्थ संसार टक

सोमबार, ३० जेठ २०७९, १३ : १९ मा प्रकाशित

देशभरका नेपालीलाई नेपाली संस्कृतिसँग जोड्ने उद्देश्यले सुरु भएको एप हाम्रो हाम्रो पात्रो अहिले सुपर एपको रूपमा विस्तार गर्दै गइरहेको बताउँछन् हाम्रो पात्रोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेती। 

हाम्रो पात्रोमा नेपालीहरुको प्रयोजनमा प्रयोग हुने सबै सेवा समावेश गरेर यसलाई सबै सेवाको साझा एपको रूपमा विस्तार गर्ने भावी योजना रहेको बताउँछन् ।अहिले हाम्रो पात्रो एपमा हाल रेमिट्यान्स, डाक्टर परामर्श, हाम्रो हेल्थ, ज्योतिष सेवा लगायतका २०-२५ सेवा समावेश रहेका छन्। 

हाम्रो पात्रोमा हाल मासिक रूपमा १ करोड प्रयोगकर्ता सक्रिय छन् भने दैनिक रूपमा १५ लाख प्रयोगकर्ताले प्रयोग गर्दै आएका छन्। हाम्रो पात्रो एपमा प्रयोगकर्ता ७०% नेपाली र ३०% विदेशमा रहेका नेपालीहरुले प्रयोग गर्ने गर्दछन्। वैदेशिक रोजगारीमा गएका नेपालीहरुले प्रत्येक महिना स्वदेशमा पैसा पठाउन पर्ने समस्या समाधान गर्ने उद्धेश्यले हाम्रो पात्रोले रेमिट्यान्स सेवा सञ्चालन गरेको बताउछन सिईओ उप्रेती ।

अहिले अमेरिकाबाट रेमिट्यान्स पठाउन सकिन्छ भने अन्य देशहरूमा पनि यो सेवा विस्तारको चरणमा रहेको छ। रेमिट्यान्स सेवा पूर्ण रूपमा डिजिटल र एजेन्ट लेस रहेको छ। इच्छाएको व्यक्तिले हाम्रो पात्रो एपमा आफ्नो खाता लिङ्क गरी पैसा पठाउन सक्छन् भने पठाएको पैसा देखाएको बैंक खातामा डिपोजिट हुन्छ।

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको