नेपाली प्रयोगकर्ताहरूका लागि सबैभन्दा लोकप्रिय डिजिटल एप हाम्रो पात्रोले अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेट सार्वजनिक गरेको छ। नयाँ संस्करणमा नयाँ डिजाइन (UI), थप उपयोगी सुविधाहरू, र सहज प्रयोगकर्ता अनुभव उपलब्ध गराइएको छ। यस अपडेटले नेपालीहरूलाई दैनिक कार्य व्यवस्थित गर्न, चाडपर्व ट्र्याक गर्न, र अन्तरक्रियात्मक सामग्रीमा संलग्न हुन अझ सजिलो बनाउनेछ।
हाम्रो पात्रोका डायरेक्टर सुदिना गौतमका अनुसार,
"समय अनुसार प्रयोगकर्ताहरूको आवश्यकता बुझेर नयाँ सुविधाहरू थप्दै जानु हाम्रो लक्ष्य हो। यस पटकको अपडेट हाम्रो अहिलेसम्मकै ठूलो अपडेट हो। यसले प्रयोगकर्ताहरूलाई नयाँ अनुभव दिने विश्वास लिएका छौं।"
✔ गूगल क्यालेन्डर Sync: अब प्रयोगकर्ताहरूले गूगल क्यालेन्डरलाई हाम्रो पात्रोसँग समन्वय गरी सबै महत्वपूर्ण मिति र घटनाहरू एउटै स्थानमा ट्र्याक गर्न सक्नेछन्।
✔ Customize Hamro Services: प्रयोगकर्ताहरूले आफ्नो रुचिअनुसार आवश्यक सेवाहरू प्राथमिकता दिन सक्नेछन्।
✔ फन्ट साइज परिवर्तन: एपमा फन्ट साइज परिवर्तन गर्ने सुविधा थपिएको छ, जसले प्रयोगकर्ताहरूलाई आफ्नो सुविधाअनुसार UI कन्फिगर गर्न मद्दत गर्नेछ।
✔ Multiple Country Time Zones: अब प्रयोगकर्ताहरूले विभिन्न देशका समय क्षेत्रहरू हेर्न र व्यवस्थापन गर्न सक्नेछन्, विशेष गरी विदेशमा रहेका नेपालीहरूका लागि यो सुविधा उपयोगी हुनेछ।
✔ iOS नोट्स र कमेन्ट: लामो समयदेखि प्रयोगकर्ताहरूले माग गरिरहेको iOS मा नोट्स लेख्ने र कमेन्ट गर्ने सुविधा पनि थपिएको छ।
यस अपडेटमा हाम्रो पात्रोले नयाँ सदस्यता सेवा (Membership) सुरू गरेको छ, जसले निम्न विशेष सुविधाहरू प्रदान गर्छः
एड फ्री (Ad-Free) अनुभव
गूगल क्यालेन्डर Sync
हाम्रो सेवाहरूमा विशेष छुट
अझ विस्तारित सुविधाहरू सुपथ मूल्यमा
Event Search: अब प्रयोगकर्ताहरूले विभिन्न इभेन्टहरू खोजी गर्न सक्नेछन्।
Quizzes & Polls: प्रयोगकर्ताहरूले प्रश्नोत्तर र मतदानमा भाग लिने अवसर पाउनेछन्।
Animated Daily Doodles: दैनिक विशेष एनिमेटेड डूडलहरू उपलब्ध हुनेछन्, जसले एपलाई अझ आकर्षक बनाउनेछ।
नयाँ अपडेटसँगै प्रयोगकर्ताहरूले हाम्रो पात्रो एपबाटै इभेन्ट टिकट खरिद गर्न सक्नेछन्।
यो सुविधाले नेपालभरि इभेन्ट टिकट खरिद प्रक्रियालाई सहज बनाउनेछ।
नेपाल तथा विदेशमा रहेका नेपालीहरूको नम्बर १ डिजिटल साथी बनेको हाम्रो पात्रोको यो नयाँ अपडेटले प्रयोगकर्ताहरूको अनुभवलाई अझ सहज, व्यवस्थित र उपयोगी बनाउनेछ।
अधिक जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सक्नुहुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस