Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहोस्, बजारमा यी कम्पनीको आउँदैछ आइपिओ

शुक्रबार, १३ साउन २०७४, १६ : ३१ मा प्रकाशित

हेर्नुहोस्, बजारमा यी कम्पनीको आउँदैछ आइपिओ

अर्थ संसार, काठमाडौं -केही महिनादेखि दोस्रो सेयर बजारमा देखिएको उतारचढावले लगानीकर्ताहरु निशास बन्दै आइरहेका छन्  । बेैंक तथा वित्तिय संस्थाहरुको चर्काे व्याजदर र राजनीतिक अस्थिरताका कारण दोस्रो सेयर बजारप्रति लगानीकर्ताको आकर्षण घट्दै गएको देखिन्छ ।

हिजोआज लगानीकर्ता साधारण सेयर (आइपिओ) मा आकर्षित हुन थालेका छन् । सेयर बजारको नयाँ नियम लागू भएपछि  साना देखि ठूला लगानीकर्ता आइपिओमा आकर्षित हुने संख्य ह्वात्तै बढेको सेयर विज्ञहरु बताउँछन् ।

त्यसमाथि पनि जलविद्युत् कम्पनीले पनि आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिने क्रम पछिल्लो दिनमा बढ्दै गएको छ ।

पछिल्लो समयमा जलविद्युत् आयोजनाले १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासीलाई अनिवार्यरुपमा साधारण शेयर दिनुपर्ने नीतिगत व्यवस्थापछि प्रवद्र्धकले धमाधम सेयर दिन लागेका हुन् । कुन कम्पनीको कति आईपिओ आउँदै छ त ? तल यस प्रकारको छ ।

नेपाल हाइड्रो डेभलोपर लिमिटेड

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले साधारण सेयर (आइपिओ)  निष्काशनको लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । यस डेभलोपर कम्पनीको ३ लाख ९० हजार कित्ता सेयर निष्काशनको लागि अनुमति पाएको छ

। यसको लागि यस लिमिटेडले एनएमबी क्यापिटललाई बिक्री तथा प्रबन्धकमा नियुक्ति गरेको छ । आईपिओ निष्काशनको मिति भने लिमिटेडको साधारणसभाले पारित गर्नेछ । धितोपत्र बोर्डबाट साधारणसभा निष्काशनको लागि असार २३ गते स्वीकृति दिएको थियो ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड

सो कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई ८ करोड बराबरको ८ लाख कित्ता सेयर निष्कासनका लागि निवेदन दिएको छ ।

गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडल

गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि २ करोड बराबरको २ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयवासीलाई शेयर दिने भएको छ ।

राधी विद्युत् कम्पनी लिमिट

राधी विद्युत् कम्पनी लिमिटेडले ७ करोड ६४ लाख ५५ हजार बराबरको साधारण शेयर निष्कासन गर्न लागेको छ । यसको लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

बुटवल पावर कम्पनी लिमिटेड

बुटवल पावर कम्पनी लिमिटेडले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । साधारण सेयर नै जारी नगरी एफपिओ जारी गर्न लागेको भन्दै सो कम्पनीको आलोचनासमेत हुने गरेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड बराबरको साधारण सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको