Like us!
Follow us!
Connect us!
Watch us!

दश खर्बको व्यापारमा नौ खर्ब घाटा

शुक्रबार, १३ साउन २०७४, १८ : १० मा प्रकाशित

दश खर्बको व्यापारमा नौ खर्ब घाटा

अर्थ संसार, काठमाडौँ– गएको आर्थिक वर्ष २०७३/०७४ मा विभिन्न मुलुकहरुसँग रु १० खर्ब ५८ अर्बको व्यापार भएकोमा घाटामात्रै रु ९ खर्ब ९ अर्ब भएको छ ।

अघिल्लो आर्थिक वर्षमा व्यापार घाटा रु ७ खर्ब ४ अर्ब थियो, जसमा कुल वैदेशिक व्यापार रु ८ खर्ब ४४  खर्ब भएको थियो । यो घाटा गएको वर्षको सोहि अवधिको तुलनामा २९ प्रतिशत बढी हो ।

राजश्व विभागकाअनुसार गएको वर्ष मुलुकबाहिरबाट रु ९ खर्ब ८४ अर्ब को आयात गरिएकोमा निर्यात रु ७४ अर्ब ७१ करोडको मात्र निर्यात भएको देखिन्छ । जसअनुसार निर्यातभन्दा आयात १३ गुणाभन्दा बढी रहेको छ ।

त्यस्तै, कुल व्यापारमध्ये विभिन्न मुलुकबाट हुने आयातको हिस्सा ९२.९ प्रतिशत छ । निर्यातको हिस्सा ७.१ प्रतिशतमात्र रहेको छ ।

तुलनात्मक रूपमा हेर्ने हो भने अघिल्लो वर्ष गएको वर्षको तुलनामा निर्यातको अनुपात राम्रो देखिएको छ । विभागको अनुसार अघिल्लो आर्थिक वर्ष निर्यातभन्दा आयात ११ गुणा बढी थियो । त्यस्तै, कुल व्यापारको तुलनामा आयातको हिस्सा ९१.७ देखिन्छ भने निर्यातको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

गएको वर्ष मुलुकमा खनिजजन्य, पेट्रोलिम पदार्थलगायत सबैभन्दा बढी एक खर्ब ४० अर्ब रुपैयाँ मूल्यबराबरको भित्रिएको छ ।

त्यस्तै, फलाम तथा स्टिल र तिनका उत्पादन ९३ अर्ब ७१ करोड रुपैयाँको, सवारी साधन र त्यसका पार्टपूर्जा साढे ७९ अर्ब, इलेक्ट्रिकल, मेसिनरी र त्यसका पार्टपुर्जा ७० अर्ब र खाद्यान्न ४० अर्ब रुपैयाँको भित्रिएको छ ।

निर्यातमा सबैभन्दा बढी रु ७ अर्ब ६३ करोडको कार्पेट तथा अन्य टेक्सटाइल भएको छ । चिया, कफी तथा मसलाहरु ७ अर्ब, तरकारी, फलफूल तथा विभिन्न बिरुवाहरु  रु ५ अर्बको निर्यात भएको विभागले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको