Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : पाँच अर्ब बढीको कारोबार

शनिबार, १४ साउन २०७४, १५ : १३ मा प्रकाशित

साताको सेयर  बजार  : पाँच अर्ब बढीको कारोबार

धितोपत्र बजारमा यस साता रु पाँच अर्ब ५३ करोड १८ लाख ६६ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १७० कम्पनीको ९० लाख ५८ हजार ७० कित्ता सेयर कारोबार भएको छ ।
कारोबार रकम गत साताको भन्दा १६.७५ प्रतिशत बढी हो । गत साता १६५ कम्पनीको ८७ लाख ५३ हजार आठ सय ८० कित्ता सेयर रु चार अर्ब ७३ करोड ८२ लाख ७६ हजारमा कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.९७ अङ्कले बढेर अन्तिम दिन एक हजार ६४६.५३ अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.७८ अङ्कले घटेर ३४६.२३ अङ्कमा आईपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्रभु इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु २७ करोड ७८ लाख ५० हजार बराबरको सेयर कारोबार भएको थियो । यस्तै कारोबार भएको सेयर संख्याका आधारमा नेसनल हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको आठ लाख ६४ हजार कित्ता सेयर कारोबार भएको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यस्तै लक्ष्मी इक्विटी फण्ड, छ्याङदी हाइड्रो पावर, नेपाल बंगलादेश बैंक, नेरुडे लघुवित्त विकास बैंक, नेपाल बैंक, लक्ष्मी बैंक, सांग्रिला विकास बैंक, महाकाली विकास बैंक, भार्गव विकास बैंकको विभिन्न प्रकारका नयाँ सेयर स्टकमा सूचीकृत भए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको