Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गर्नुहोस्, धमाधम एफपिओ आउँदै, कुन कम्पनीको कति ?

शनिबार, १४ साउन २०७४, १६ : १९ मा प्रकाशित

पैसा जम्मा गर्नुहोस्, धमाधम एफपिओ आउँदै,  कुन कम्पनीको कति ?

काठमाडौं– सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सेयर बजारमा धमाधम एफपिओ आउँदैछ । आउँदै गरेको एफपिओ तपाईलाई सेयरमा लगानी गर्ने राम्रो मौका हुनसक्छ ।

एफपिओ निकाल्न कुन कुन कम्पनीले धितोपत्र बार्डमा निवेदन दिएका छन् त ? आउनुहोस एफपिओ निष्काशन गर्नको लागि आवेदन दिने कम्पनीहरु यस  प्रकारको छ ।

राधी विद्युत् कम्पनी लिमिटेड
राधी विद्युत् कम्पनी लिमिटेडले रु सात करोड ६४ लाख ५५ हजार बराबरको साधारण शेयर निष्कासन गर्न लागेको छ । त्यस्तै बुटवल पावर कम्पनी लिमिटेडले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ ।

बैक अफ काठमाण्डु लुम्बिनी लिमिटेड

उता बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडले पूँजी बढाउन संस्थापक एफपिओ निष्कासन गर्ने जनाएको छ । बैंकले ६१ लाख ५८ हजार कित्ता एफपिओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ ।

अरुण भ्याली हाइड्रने पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले

अरुण भ्याली हाइड्रने पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अरुण भ्याली हाइड्रने पावर डेभलपमेन्ट कम्पनीले ३१ लाख ५७ हजार ८८३ कित्ता एफपिओ जारी गर्ने भएको छ ।

कम्पनीले नेपाल स्टक एक्चेन्जलाई उपलब्ध गराएको जानकारीअनुसार प्रिमियममा एफपिओ जारी गर्नका लागि धितोपत्र बोर्डबाट जारी भएको नयाँ निर्देशिका अनुसार धितोपत्र मूल्यांकनकर्ताबाट प्राप्त रु १०० को अंकति मूल्यमा प्रिमियम वापत रु २०१ थप गरी रु ३०१ का दरले जारी गर्ने तयारी गरिएको छ ।

एनएमबी बैंक लिमिटेड

एनएमबी बैंकले चुक्ता पूँजी बढाउन एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्कासनका लागि यसअघि नै आवेदन दिएको हो । चुक्तापूँजी रु आठ अर्ब बढाउन एफपिओ निष्कासन गर्न लागेको बैंकले जनाएको छ ।

नेपाल ग्रामीण विकास बैंक लिमिटेड

नेपाल ग्रामीण विकास बैंकले पनि पूँजी बढाउने दौडमा रहेको छ । सो बैंकले नौ लाख ७५ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको छ ।

 प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड

 प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले छ लाख ५९ हजार ५६५ कित्ता एफपिओका लागि आवेदन दिएको छ । तर एफपिओको मूल्य भने निर्धारण हुन सकेको छैन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको