Like us!
Follow us!
Connect us!
Watch us!

स्टकको कार्यकारी अधिकृत चयन गर्न समिति गठन

आइतबार, १५ साउन २०७४, १५ : ०२ मा प्रकाशित

स्टकको कार्यकारी अधिकृत चयन गर्न समिति गठन

अर्थ संसार, काठमाडौं – विगत एक महिनादेखि रिक्त रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिक्त रहेको नयाँ प्रमुख कार्यकारी अधिकृत चयनका लागि सरकारले छनौट समिति गठन गरेको छ ।
 
अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका सहसचिव आनन्दराज ढकालको संयोजकत्वमा   पद परिपुर्तीको लागि छनौट समिति गठन भएको छ ।
 
समितिमा अर्थ मन्त्रालयका अर्का अधिकारी उत्तर खत्री र विज्ञ सदस्यको रुपमा राष्ट्र बैंकका पुर्व कर्मचारी टुलराज बस्यालसमितिमा रहेका छन् ।
 
असार २४ गते यता नेप्सेका कार्यकारी अधिकृतको पद खाली रहेको छ ।
समितिले आवेदकहरुबाट उत्कृष्ठ तीनको नाम सिफारिश गर्नेछ भने मन्त्री परिषदको बैठकले त्यसमध्ये एक जना छनौट गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको