Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : नेप्से र कारोबार दुवै घट्यो

आइतबार, १५ साउन २०७४, १६ : ०५ मा प्रकाशित

आजको सेयर बजार :  नेप्से र कारोबार दुवै घट्यो

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सामान्य अंकले घटेको छ ।

नेप्से ३.२५ अंकले घट्दा कारोबार ९६ करोड ८६ लाख ३१ हजार ९ सय ७१ रुपैयाको कारोबार भएको छ ।

गत साताको अन्तिम विहीबार नेप्से सामान्य अंकले बढेपनि कारोबार भने उच्च रुपमा बढेको थियो ।

नेप्सका अनुसार १६४६ अंकबाट सुरु भएको सेयर बजार साँढे १२ बजे १६४९ अंकमा पुगेको बजार १६४३ अंकमा आई रोकिएको छ ।

१ सय ५२ वटा कम्पनीको १७ लाख ७१ हजार ४ सय ८ कित्ता सेयर खरिद बिक्री भएको छ । यस दिन होटल ४७.६१ अंक, डेभलपमेन्ट बैंक १०.३ अंक र उत्पादन ३१.५३ अंकले बढेका छन् ।

यता बैंक ४.४३ अंक, हाइड्रोपावर ५.९अंक, फाइनान्स ०.८१ अंक, इस्योरेन्स ८१.८८ अंक र अन्य ०.२९ अंकले घटेको छ । सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

 

597db61b223d8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको