Like us!
Follow us!
Connect us!
Watch us!

१ अर्ब ८८ करोडको सेयर बजारमा, यहाँबाट आवेदन दिनुहोस्

सोमबार, १६ साउन २०७४, १२ : १७ मा प्रकाशित

१ अर्ब ८८ करोडको सेयर बजारमा, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं–  सेञ्चुरी कमर्सियल बैंकले जारी गरेको हकप्रद आज (सोमबार) देखि बिक्री खुल्ला भएको छ ।

असार २६ गतेसम्म कायम भएका शेयरधनीहरुले बैंकले खुल्ला गरेको १०ः४ को अनुपातको हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

बैंकले १०ः४ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता अर्थात् १ अर्ब ८८ करोड ५४ लाख रुपैंया भन्दा बढिको हकप्रद सेयर बिक्री खुला गरेको हो ।

हकप्रद भर्ने अन्तिम म्याद भदौ १८ गते तोकिएको छ । सेन्चुरीको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्दैछ ।

सिभिल क्यापिटल मार्केट सुन्धारा तथा सेञ्चुरी कमर्सियल बैंकका सम्पुर्ण शाखा कार्यालयहरुबाट हकप्रद भर्न पाइनेछ ।

सेन्चुरीले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार पनि सुरु गरिसकेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको